मेचीनगरपालिकाको चौथो अधिवेशन सुरु, नगरको शंशोधित बजेट रु १ अर्व ३३ करोड ८३ लाखबढी

2024-03-13 मा प्रकाशित

मेचीनगर, ३० फागुन । मेचीनगर नगरपालिका नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन आजबाट सुरू भएको छ ।

बुधवार नगरपालिकाको सभाहलमा मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन कार्यक्रमको अध्यक्षता मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

२०८० साल असार १० गते यस मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि शंशोधित १ अर्ब ३३ करोड ८३ लाख ९१ हजार ५ सय ५५ रुपैयाँको आय(व्ययसहितको समपुरक बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

गतवर्ष १ अर्व ३५ करोड ७९ लाख ६० हजार ५५५ रहेको थियो । यसवर्ष २ करोड घटेको छ ।

वित्तिय प्रगति विनियोजनतर्फ चालु खर्च ८३ करोड ८७ लाख ६४ हजार ५२ रुपैयाँ २४ पैसा, पूजीँगत खर्च ५१ करोड ७६ लाख ९६ हजार ५ सय २ रुपैयाँ ७६ पैसा तथा वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ रहेको उपमेयर उप्रेतीले जानकारी दिए ।

यसैगरी, उनले खर्चतर्फ चालु खर्चतर्फ ३५ करोड ८५ लाख ६० हजार १ सय ६५ रुपैयाँ शुन्य ९ पैसा तथा पूजीँगत खर्चतर्फ १० करोड २४ लाख ७८ हजार ९ सय ११ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।

विनियोजन तर्फको कुल रकम १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँ र खर्च भएको रकम ४६ करोड १० लाख३९ हजार ७६ रुपैयाँ १४ पैसा घटाउँदा मौज्दातको बाँकी रकम ८९ करोड ७९ लाख २१ हजार ४ सय ७८ रुपैयाँ ८६ पैसा रहेको छ ।

आन्तरिक राजस्वको हालसम्मको अनुमान र वास्तविक आय अनुमानित आयतर्फ १२ करोड ८७ लाख रुपैयाँ र हालसम्मको वास्तविक आय ८ करोड ३९ लाख २८ हजार ४ सय ८२ रुपैयाँ वा ६५ दशमलव २१ प्रतिशत रहेको छ ।

कार्यालयको उपक्षेत्र अन्तर्गत आर्थिक विकाश शाखातर्फ वार्षिक बजेट ७ करोड ५ लाख ६७ हजार ६ सय ६९ रुपैयाँ ९३ पैसा मध्ये ७६ लाख ७५ करोड ७ सय १६ रुपैयाँ वा १० दशमलव ८८ प्रतिशत खर्च भई ६ करोड २८ लाख ९१ हजार ९ सय ५३ रुपैयाँ ९३ पैसा मौज्दात रहेको छ ।

सवैभन्दा बढी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ कुल बजेटको ५० दशमलव शुन्य ५ प्रतिशत खर्च भएको छ ।

यस शीर्षकमा २७ करोड १३ लाख ४ हजार ५२ रुपैयाँ २४ पैसा बजेट विनियोजन गरिएकोमा १३ करोड ५७ लाख ९२ हजार २ सय ६४ रुपैयाँ शुन्य ७ पैसा खर्च भएको छ ।

यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा यो अवधिमा कुल ११ लाख ४० हजार १ सय २० रुपैयाँ वा ५ दशमलव ११ प्रतिशतमात्र खर्च भई २ करोड ११ लाख ५६ हजार ८ सय ८० रुपैयाँ मौज्दात रहेको यस नगरसभामा जानकारी दिए ।

चालु आर्थिक २०८०र८१ का सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा कुल २ करोड २२ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

उर्जातर्फ सम्पदा पूर्वाधार, विज्ञान तर्फ प्रविधिमा ७० लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १५ लाख ३८ हजार ५ सय ९२ रुपैयाँ वा २१ दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ भने, ५५ लाख १८ हजार ४ सय ८ रुपैयाँ नगद मौज्दात रहेको छ ।

सामाजिक विकासतर्फ चालु आर्थिक वर्षको आठमहिने अवधिमा २१ करोड ९९ लाख १३ हजार ७ सय ९३ रुपैयाँ शुन्य २ पैसा खर्च भएको छ ।

कुल बजेट ५५ करोड २१ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा अब खर्च भएको रकम घटाउँदा ३३ करोड २२ लाख २० हजार २ सय ६ रुपैयाँ ९८ पैसा मौज्दात बाँकी रकम रहेको छ ।

सभामा मेचीनगर(७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले बजेटमा परेका विषयहरू कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अधिवेशनका विषयमा सहभागी नगर सदस्यहरुलाई जानकारी गराएका थिए ।

आगामी चैत ७ गते पुनः बैठक बस्ने गरी बुधबारको सभा स्थगन गरिएको मेयर एवम् सभाका अध्यक्ष गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु