झापामा शुक्रबार २ सुरक्षाकर्मीसहित २६ जना संक्रमित थपिए

2020-09-04 मा प्रकाशित

मेचीनगर, १९ भदौ । झापामा शुक्रबार दुई जना सुरक्षाकर्मीसहित २६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगरपालिका–७ र १० नम्बर वडाका ३ जना पुरुष, झापा गाउँपालिका–१ नम्बर वडाका ३ जना पुरुष, गौरीगञ्ज गाउँपालिका–५ नम्बर वडाका १ जना पुरुष, दमक नगरपालिका–६, ७ र ८ नम्बर वडाका ३ महिलासहित ५ जना छन् ।

त्यस्तै, कनकाई नगरपालिका–३ र ५ नम्बर वडाका २ महिलासहित १० जना, भद्रपुर नगरपालिका स्थित जिल्ला प्रहरी कार्यालयका २ जना महिला प्रहरी छन् ।

यस्तै कचनकवल गाउँपालिकाका १ जना पुरुष छन् । उनी भारतबाट आएका हुन् भने अरु सबै स्थानीय रहेको चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ६४१ पुगेको छ भने कोभिड अस्पतालबाट निको भएर घर फर्किएका ४८१ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु