देशमा कायापलट गर्न शिक्षामा दुई अंकको बजेट ल्याउनुपर्छ ( नेता कार्की

2024-03-16 मा प्रकाशित

मेचीनगर । नेकपा माओवादी केन्द्रका सचिब राम कार्की (पार्थ)ले नेपालमा शिक्षा क्षेत्र निरुत्साहित हुँदा राजनीतिलगायत सबै क्षेत्र तहसनहस भएको बताए ।
रिडर्स झापाले शनिबार काकर्भिट्टामा राम कार्की (पार्थ)द्वारा लिखित (विकल्प) समता, समाजवाद र मुक्त दुनियाँ अन्तरसम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै लेखकसमेत रहेका कार्कीले सरकारले तहसनहस भएका क्षेत्रलाई बचाउन शिक्षामा दुई अंकको बजेट छुट्याउनुपर्ने औंल्याए । शिक्षा आर्जनपछि मान्छे शिक्षित बन्ने भन्दै उनले भने, देशमा १० अर्ब बजेट
शिक्षाको बजेट डबल डिजिटको हुनैपर्छ । कर्मचारी पनि बजेटअनुसार चलायमान हुनेखालकै हुनुपर्छ, उनले भने,ञ२२(२४ प्रतिशत शिक्षामा लागानी गरेको केरेलामा बिश्वकै उत्कृष्ट शिक्षित र बौद्धिक क्षमताको शक्ति रहेको छ ।
अर्को प्रशङ्गमा देश संघीय लोकतान्त्रिक विधि प्रक्रियामा रहेपनी संघीयता लागू नभएकाले नागरिकमा बितृष्णा पैदा भएको उनको भनाई थियो ।
संघीयता कार्यान्वयन नभएकै कारण प्रदेश सरकार प्रमुखलाई प्रहरी प्रशासनलाई निर्देशन गर्ने अनुमती नदिएको पुर्वसूचना तथा संचारमन्त्रीसमेत रहेका कार्कीको भनाई थियो । स्कुल(क्याम्पसमा पाठ्यक्रममा समावेश गरेको छैन । देश र नागरिकलाई समृद्ध बनाउने हो भने पहिले शिक्षा क्षेत्रमा र त्यसपछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बक्ताहरु संगीत श्रोता, रमा भण्डारी ढकाल र अशोष घिमिरेले पुस्तकले राम कार्की पार्थको किताब ञविकल्पझबारे चर्चा गरेका थिए ।
उनीहरुले बिगतको राजनीतिले अपनाएको बाटो, त्रुटि र समाज, दर्शन, सिद्धान्त, समतामूलक सोच, निकासको आधार दृस्ठिकोणसहित उठान गरेको इतिहासकै राम्रो राजनीति परिवर्तनको लागि दस्तावेज भएको उल्लेख गर्दै लेखक कार्कीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको संचालक रिडर्स झापाका निरज कट्टेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु