मेचीनगर स्पोर्टस् मेनियाः घिमिरेले जिते चेसको उपाधि

2024-03-17 मा प्रकाशित

मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत चेसको उपाधि मेचीनगर ६ का विश्वविजय घिमिरेले प्राप्त गरेका छन् । ६।५ अंक प्राप्त गरेका घिमिरे उपाधि जितेसँगै १० हजार रुपैयाँ प्राप्त गरे ।
मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न ७ राउण्ड भएको चेसको दोश्रो स्थानमा रहँदै भरत तामाङले नगद ७ हजार ५ सय प्राप्त गरे । समान ५।५ अंक प्राप्त गरेका विकास मैनाली तेस्रो हुँदै ६ हजार प्राप्त गरे । प्रतियोगितामा राजु पौडेल चौथो, सागर तामाङ पाँचौ, बलिमान गुरुङ छैठौ, इन्द्रप्रसाद सिग्देल सातौँ, विक्रम राई आठौँ, अर्जुन खड्का नवौँ र बालाजित राईले दशौँ स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरे ।
चौथो स्थान हासिल गरेका पौडेलले रु ५ हजार, पाँचौ स्थानका सागर तामाङले ४ हजार, छैठौ स्थानका बलिमान गुरुङले ३ हजार, सातौँ स्थानका इन्द्रप्रसाद सिग्देलले २ हजारसहित प्रमाण प्राप्त गरे । त्यसैगरी, आठौँ स्थान हासिल गरेका विक्रम राईले १ हजार ५ सय, नवौँ र दशौँ स्थानका अर्जुन खड्का र बालाजित राईले १ हजार प्राप्त गरेको नगर खेलकुद विकास समितिका सदस्य तथा चेस खेलका संयोजक दिपक घिमिरेले जानकारी दिए ।
पुरस्कार वितरण मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, नगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझा र सदस्य दीपक घिमिरेले संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु