मेचीनगर स्पोर्टस् मेनिया: मार्सल आर्ट तर्फको खेल सम्पन्न

2024-03-17 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत मार्सल आर्ट तर्फको खेल सम्पन्न भएको छ ।

मेचीनगर खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको मेचीनगर स्पोर्टस् मेनियामा मार्सल आर्ट तर्फका विभिन्न तौल समुहमा महिला तथा पुरूष कराते, तेक्वान्दो र बक्सिङ खेलकाे नतिजा आएको हो ।

प्रतियोगितामा करातेतर्फ मेचीनगर वडा नम्बर ११ ले प्रथम स्थान हासिल गरेको छ । नगरको १५ वटै वडा सम्मेलित प्रतियोगितामा ६ स्वर्ण २ रजत र ४ कास्य गरी १२ पदकसहित मेचीनगर ११ प्रथम भएको हो ।

प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ३ कास्य गरी ११ पदकसहित मेचीनगर–९ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–१२ तेस्रो भएको छ । मेचीनगर–१२ ले २ स्वर्ण, २ रजत र २ कास्य गरी ६ पदक हात पा¥यो ।

तेक्वान्दोतर्फ मेचीनगर वडा नम्बर १४ ले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा ५ स्वर्ण ५ रजत र १९ कास्य गरी २९ पदकसहित मेचीनगर १४ प्रथम भएको हो ।

प्रतियोगितामा ३ स्वर्ण, २ रजत गरी ५ पदकसहित मेचीनगर–७ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–६ तेस्रो भएको छ । मेचीनगर–६ ले २ स्वर्ण, ३ रजत र २ कास्य गरी ७ पदक हात पा¥यो ।

चौथो स्थानमा रहेको मेचीनगर–८ ले २ स्वर्ण १ रजत र १ कास्य गरी ४ पदक जितेको थियो । १ स्वर्ण, २ रजत, ५ कास्य गरी ८ पदक जितेको मेचीनगर– ११ भने पाँचौ स्थानमा रहेको थियो । १ स्वर्ण १ रजत गरी २ पदक प्राप्त गरेको मेचीनगर–९ छैटौ, १ कास्य प्राप्त गरेको मेचीनगर–१५ सातौँ स्थानम रहेका थिए । मेचीनगर–१, २, ३, ४, ५, १०, १२, १३ पदकविहीन भएका थिए ।

त्यस्तै बक्सिङतर्फ मेचीनगर वडा नम्बर ६ प्रथम भएको छ । प्रतियोगितामा ४ स्वर्ण ४ रजत र २ कास्य गरी १० पदकसहित मेचीनगर ६ प्रथम भएको हो ।

प्रतियोगितामा २ स्वर्ण, १ रजत र १ कास्य गरी ४ पदकसहित मेचीनगर–१५ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–७ तेस्रो भएको छ । मेचीनगर–७ ले १ स्वर्ण, १ रजत गरी २ पदक हात पा¥यो ।

प्रतियोगितामा पदक प्राप्त खेलाडीहरूलाई मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, नगर खेलकुद विकास समिति अध्यक्ष हृदय राजवंशी, उपाध्यक्ष रविन ओझालगायतले नगदसहित पुरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु