घाइते दुई प्रहरीलाई प्रहरी कल्याण कोषमार्फत चार चक्के स्कुटर हस्तान्तरण

2024-03-18 मा प्रकाशित

काँकरभिट्टा । कोशी प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुँवर खापुङले सिमा क्षेत्रमा हुने अवैध गतिविधि, लागुऔषध ओसारपसास नियन्त्रणमा को लागि प्रहरी, राजनीति दल, दलका भातृ संगठन समाजका हरेक सचेत नागरिक एकमत भएर लाग्नु पर्ने बताएका छन् ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा प्रहरी प्रधान कार्यालयले प्रहरी कल्याण कोषमार्फत दुई जना अंगभङ्ग भएका प्रहरीलाई चार चक्के स्कुटर वितरणपछि बोल्दै प्रहरी नायब महानिरीक्षक खापुङले उक्त कुरा बताएका हुन् ।

विभिन्न समयमा घाइते भएका शिवसताक्षीका प्रहरी टेकबहादुर सामसुहाङ र मोरङका शिवनारायण महतोलाई भन्सार छुटमा ल्याएको १ लाख ६० हजार मुल्य पर्ने चार चक्के स्कुटरको चाबी र ब्लु(बुक हस्तान्तरण गरेका थिए ।

सिमा क्षेत्रका समस्या मध्ये लागुऔषध दुर्व्यसनी र ओसारपसार देशैभरीको समस्या भएकाले त्यसको नियन्त्रणका लागि सामाजिक संघ संस्था लागि परे जसरी नै राजनीति दल र त्यसका भ्रातृ संगठन लागे नियन्त्रण सम्भव हुने उनको भनाइ थियो ।

९० प्रतिशत मानिस लागुऔषध ओसारपोसार र अपराधिक घटनाबाट कस्टडिमा रहेका छन्, कोशी प्रहरी प्रमुख खापुङले भने, यो बिषयमा प्रहरीले संगठन अत्यन्तै चिन्तित भएको छ । न्यूनीकरण र नियन्त्रणका लागि राजनीति दल र सम्बद्ध संगठन पनि लाग्नैपर्छ । अनि मात्रै नियन्त्रण हुन्छ । सचेतना र नियन्त्रणका फरकफरक उपाय अपनाएपनि प्रहरी संगठन एक्लैले समस्या सामाधान नहुने उनको भनाई थियो । त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले आफ्नो श्रोतसाधन, क्षमता र जनशक्ति अनुसार सचेतना र कार्वाही गर्दै आएको उनको भनाई थियो ।

कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, झापाका प्रहरी उपरीक्षक मिलन केशीले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेलले गरेका थिए ।
कार्यक्रममा बिराटनगर महानगरका प्रहरी उपरीक्षक दिपक पोखेरेल, झापाका प्रहरी उपरीक्षक मिलन केसी, माइती नेपाल काँकरभिट्टाका प्रमुख गोबिन्द घिमिरे, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु