झापामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ३२ जना संक्रमित थपिए

2020-09-06 मा प्रकाशित

मेचीनगर, २१ भदौ । झापामा आज स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका–३, ५, ६ र ९ नम्बर वडासहित १५ जना, कमल गाउँपालिका–३ नम्बर वडाका ३ महिला र ८ जना पुरुष, कनकाई नगरपालिका–३ नम्बर वडाका १ जना पुरुष छन् ।

त्यस्तै मेचीनगरपालिका–६ र ७ नम्बर वडाका १ महिला र ४ जना पुरुष रहेको चौलागाईले बताए ।

बिर्तामोडका १५ जनामध्ये १२ जना वीएण्डसी अस्पतालका एक जना महिला चिकित्सक, २ जना विरामी र ९ जना स्वास्थ्यकर्मी छन् भने ३ जना पुरुष स्थानीय हुन् ।

यता मेचीनगरका ५ जनामध्ये २ जना सशस्त्र प्रहरी, १ जना महिला स्थानीय र २ जना भारतबाट आएका पुरुष हुन् । कमल र कनकाईका सबै स्थानीय रहेको चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ६७६ पुगेको छ भने कोभिड अस्पतालबाट निको भएर घर फर्किएका ४८१ जना रहेको उनले जानकारी दिए ।अझै १६६ जना सकृय संक्रमित आइसोलेसनमा रहेको बताइएको छ ।

हालसम्म झापामा २१ हजार ९ सय ५५ जनाको स्वाबको नमुना संकलन गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु