पूर्वी सीमा नाकामा सशस्त्रको २१ दिने पैदल यात्रा अभियान

2024-03-21 मा प्रकाशित

मेचीनगर । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक र सुरक्षाकर्मी बीच सुमधुर सम्बन्ध स्थापित गर्न र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नेपाल–भारत सीमा जोडिएको झापा जिल्लाको सीमावर्ती दशगजा क्षेत्रमा पैदल यात्रा सुरु गरेको छ ।
पैद यात्राको उद्घाटन प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाले गरे कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक र सुरक्षा निकायबिच सुमधुर सम्बन्ध स्थापित गर्दै सीमा क्षेत्रमा हुने अपराधिक घटना, अवैध गतिविधिलाई निरुत्साहित गर्न पैदल यात्रा अभियान सुरु भएको बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं २ गण मुख्यालय झापाको नेतृत्वमा नेपाल(भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा २१ दिने सीमा पैदल यात्रा तथा अन्तक्रिया  सुरु गरिएको हो । पैदलयात्रामा मेचीनगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, जिप्रका झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, सशस्त्र प्रहरी बल नेपाल नं २ गण मुख्यालय झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका प्रमुख सेनानी प्राजु बस्नेत, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु, सीमास्थित सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीका युनिटका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

‘सीमासँग सशस्त्र प्रहरी’ कार्यक्रमको धारणा अन्तर्गत नेपाल(भारत सीमा इलाका र सीमा स्तम्भहरुको अनुगमन गर्न, स्थानीयवासीहरुको समस्यारगुनासोहरुको जानकारी लिन, नागरिक र सुरक्षाकर्मीबीच सकरात्मक सम्बन्ध स्थापित गर्न तथा सीमाबासीहरुसँग सम्बन्ध प्रगाढ बनाउने उद्धेश्यसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय तह, स्थानीयवासीहरु तथा सरोकारवाला निकायसहित संयुक्त पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम शुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले बताए ।

चार भागमा विभाजन गरिएको झापा जिल्लाको सीमाक्षेत्रको नेपाल(भारत सीमाको प्रदल यात्रा सीमा स्तम्भ नं ९१र१ बाट शुरु गरिएको हो । २१ दिनमा सम्पन्न गर्ने योजना रहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण मुख्यालय झापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

भारतसँग सीमा जोडिएको झापाको १ सय ४४ दशमलव २ किलोमिटर सीमा इलाकाको संयुक्त अनुगमनका क्रममा सीमा सरोकारबारे स्थानीयबासीसँग संवाद पनि गरिँने प्रेस नोटमा जनाईएको छ । सीमा पैदल यात्राका क्रममा पहिलो दिन मेचीनगर ७ को धनकुटे, भान्साखोलालगायतका स्थानीयवसाीहरुसँग अन्तरक्रिया गरिएको बताइएको छ । झापा जिल्लाको सीमाक्षेत्रको नेपाल(भारत सीमाको सीमा स्तम्भ नम्बर ९१र१ बाट शुरु गरिएको पैदल यात्रा मेचीनगर १ को तिरिङसम्म पुगेको बताईको छ । अन्तक्रियामा सीमाक्षेत्र दशगजा, सीमा स्तम्भको अवस्था, सीमा अपराध, सीमाबासीका समस्या र जनसरोकारका विषयमा पनि छलफल हुने छ ।

झापा जिल्लाको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा हुने र हुनसक्ने अबैध गतिविधिहरु र सोको नियन्त्रणमा नागरिक र सुरक्षाकर्मीहरुको भूमिका अन्तरसम्बन्धका विविध विषयमा अन्तरक्रिया गरी नागरिक र सुरक्षाकर्मीबीच सकारत्मक सम्बन्ध स्थापित गर्नु यो संयुक्त पैदल यात्राको उद्धेश्य रहेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी ’ कार्यक्रम अन्तर्गत झापा जिल्लाको अन्तर्राष्ट्रिय सीमा जोडिएका २१ वडाहरुमा सीमा सहजीकरण समिति गठन भई कार्य गदैं आएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु