एमालेले कहिल्यै पनि निषेध र हिंसाको राजनीति गर्दैन : अध्यक्ष ओली

2024-03-29 मा प्रकाशित

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कहिल्यै पनि निषेध र हिंसाको राजनीति नगर्ने बताएका छन् ।
नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको विर्तामोडमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन होइन् कार्यक्रमका प्रमुख अतिथि ओलीले भने सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध छन् । उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

एमाले र कांग्रेसबीच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनले यी दूई पार्टीबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे।
एमालेले ०८४ को आम चुनावमा कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको स्पष्ट पार्दै एमालेले सबै कुरा छाडेर ‘मिसन ८४’ लाई हेरिरहेको बताए ।

अधिवेशन उद्घाटनको अवसर पारेर पार्टीका पुराना नेता तथा झापाको समृद्धिमा योगदान पु¥याएकालाई सम्मान गरेको छ । पार्टीका अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा बादलले सम्मानित व्यक्तिलाई खादा लगाएर कदरपत्र प्रदान गरेका थिए ।

सम्मानित हुनेमा पार्टीकी उपाध्यक्ष एवम् पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पार्टीका स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा, झापा विद्रोहका अगुवा नेता नरेश खरेल, कालिदास श्रेष्ठ, शोभा कुँवर, पृथ्वी मैनाली, सुमित्रा प्रसाइँ, सावित्रा खड्का, अन्तलाल धिमाल, जानुका सिटौलालगायत रहेका छन् ।

यसैगरी, युवा वैज्ञानिक सबिन बाँस्कोटा, लाहा उद्योगी डम्बरकुमार विश्वकर्मा, झापा इनर्जीका सञ्चालक एलपी साँवा, तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेल लगायतलाई सम्मानित गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु