नेपालको लायन्सको हस्पिटालिटी र मेनेजमेन्ट प्रशंसायोग्य छ : अन्तर्राष्ट्रिय भाइस प्रेसिडेन्ट एपि सिंह

2024-03-29 मा प्रकाशित

मेचीनगर । नेपाल भ्रमणमा आएका लायन्स क्लवका अन्तराष्ट्रिय सेकेण्ड भाइस प्रेसिडेन्ट एपि सिंहलाई शुक्रबार मेचीनगरको काँकरभिटेटामा भब्य स्वागत सहित विदाई गरिएको छ । पूर्वी नाका काँकरभिट्टा भएर नेपाल आएका सिंहलाई लायन्स क्लव अफ मेचीनगरले भब्य स्वागत कार्यक्रमनै गर्याे । सो अवसरमा क्लवका अन्तराष्ट्रिय सेकेण्ड भ्वाईस प्रेसिडेन्ट सिंहले नेपालको लायन्स क्लवको ब्यवस्थापन बलियो र राम्रो रहेको भन्दै प्रशंसा गरे । उनले नेपालको लायन्सको हस्पिटालिटी र मेनेजमेन्ट प्रशंसायोग्य रहेको बताए । सिंहले शनिबार काठमाडौंको कमलादीमा नेपाल मल्टीपलले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने छन् । उनी शुक्रबारनै काठमाडौं प्रस्थान गरेका छन् ।


मेची सामुदायिक भवनमा आयोजित कार्यक्रममा जिएससि मल्टीपल कोअडिनेटर राजन खत्रीले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
भ्रमण टोलीमा लायन्सका अतिविशिष्ठ व्यक्तिहरु लायन्सका आइडी बालकृष्ण बुर्लाकोटी, पिआईडी संगीता जाटिया, सन्जय खेतान लगायातको सहभागिता रहने क्याबिनेट लीलाप्रसाद चिमरियाले जानकारी दिए ।
संसारका २०६ वटा देशमा १५ लाख र नेपालमा ६४ हजार लायन्सका सदस्य रहेका छन् । नेपालमा विभिन्न ठाउँमा सामाजिक कार्यसँगै इटहरीमा मायाघर निर्माणाधीन अवस्थामा रहेको चिमरियाले बताए । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ मुल नाराका साथ बिराटनगरमा मानवसेवा आश्रम, धरानमा सत्यसाई स्कुल, इटहरीमा अनाथ स्कुल निर्माण गरेर सञ्चालनमा आएको छ ।
२०७२ सालको भुकम्प घरबारबिहिन पीडितलाई ७४ करोडको राहत बितरण गरेको चिमरियाको भनाई छ । कार्यक्रमको सञ्चालन लीला चिमरियाले गरेका थिए । भाइस प्रेसिडेन्ट सिंहको स्वागतका लागि ५१ जनाको समितिले पञ्चेबाजा र भेषभुषा प्रदर्शनसमेत गरेको थियो । सो अवसरमा लायन्स क्लव अफ मेचीनगरका प्रेसिडेण्ट रोशन प्रधान, मेचीनगरका चार्टर प्रेसिडेण्ट शंकर थापा, पाष्ट प्रेसिडेन्ट सन्तोष आचार्य, सेकेण्ड भाइस प्रेसिडेण्ट दिनेश पोख्रेल, लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु