२२ महिनाको छोरा सिदार्थको उपचारमा आर्थिक सहयोग गर्न बुबा दिपेनले गरे अपिल

2024-03-29 मा प्रकाशित

मेचीनगर, १६ चैत । मेचीनगर – ६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।
आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेका हुन् ।


नेपाल बैँक लिमिटेड काँकरभिट्टा शाखाका कर्मचारी दिपेन बरालले भारतको भेलोर स्थित सीएमसीमा बोन म्यारो क्यान्सरको उपचार भइरहेको बताए । उनले अहिलेसम्म उपचारमा २३ लाख खर्च भइसकेको बताए ।
अस्पतालका चिकित्सकका अनुसार १५ दिनभित्र ४२ लाख भारतीय रूपैयाँ जम्मा गरे मात्र प्रारम्भिक उपचार गर्न सकिने बताएको उनको भनाई छ ।
बाबुको ६ महिनाको उपचार गर्न करिव नेपाली १ करोड रूपैयाँ खर्च लाग्ने उनले बताए ।
‘बिर्तामोडमा रहेको १३ धुर जग्गा विक्रीमा छ’ बरालले भने, ‘जग्गा विक्री नभएको कारण थप समस्यामा छु । तत्काल बाबुको उपचार गर्न पैसा नभएकोले सबैसँग सहयोगको अपेक्षा गरेको छु ।’
स्थानीय समाजसेवी सागर शिवाकोटीको संयोजकत्वमा सिदार्थ बाबू उपचार सहयोग समिति बनाएर अभियान सुरू गरिएको छ ।
समितिमा मेचीनगरका समाजसेवी युवाहरू राजु कार्की, हरि तिम्सिना, रूपसागर अधिकारी लगायत रहेका छन् ।
आजै सिदार्थ बरालको उपचारका लागि स्थानीय समाजसेवी धर्मराज घिमिरेले समितिलाई पुग्ने गरि प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई ५१ सय प्रदान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु