झापामा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै आज थप १५ जनामा संक्रमण पुष्टि

2020-09-07 मा प्रकाशित

झापा, २२ भदौ ।कोरोना संक्रमितको संख्या झापामा  तीव्ररुपमा बढ्दै गएको छ । आज झापामा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये १४ जना स्थानीय र १ जना भारतबाट आएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशी गाउँपालिका–५ नम्बर वडाका १ जना पुरुष, बिर्तामोड नगरपालिका–६ नम्बर वडाका १ जना पुरुष र कनकाई नगरपालिका–३ र ७ नम्बर वडाका ७ जना महिला र ६ जना पुरुष छन् ।

बाह्रदशीका ३० वर्षीय र बिर्तामोडका ३६ वर्षीय स्थानीय पुरुष हुन् । कनकाईका १७ वर्षकादेखि ८४ वर्षका १३ जनामध्ये १ जना भारतबाट आएका हुन् भने अन्य १२ जना स्थानीय रहेको चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ६७९ पुगेको छ भने कोभिड अस्पतालबाट निको भएर घर फर्किएका ४९८ जना रहेको उनले जानकारी दिए ।

अझै १७८ जना सकृय संक्रमित आइसोलेसनमा रहेको बताइएको छ । झापामा हालसम्म कोरोनाका कारण ३ जनाको ज्यान गईसकेको छ ।

हालसम्म झापामा २२ हजार ८५ जनाको स्वाबको नमुना संकलन गरिएको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु