कोरोना संक्रमणबाट कपिलवस्तुमा पत्रकारको मृत्यु

2020-09-08 मा प्रकाशित

झापा,२३ भदौ । कपिलवस्तुमा एक पत्रकारमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् ।

कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय ती पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला पनि समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पु¥याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद पनि थिए ।

यसैबीच नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले प्रेस विज्ञप्ति निकालेर मृतक पत्रकारप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु