दुबै मिर्गौला खराब भएपछि छोरीको जीवन बचाइदिन आमा लक्ष्मीले गरिन् सबैसँग अनुरोध

2020-09-08 मा प्रकाशित

डम्बर बराल
मेचीनगर÷लाऊँलाऊँ र खाऊँ खाऊँको उमेरमा दुवै मिर्गाैला खराब भएर जीवन मरणको दोसाँधमा पुगेकी आफ्नी छोरीको जीवन बचाइदिन आमा लक्ष्मी परियारले सबैसँग अनुरोध गरेकी छिन् ।
एक महिनाअघि छोरीको स्वास्थ्यमा समस्या भएपछि उपचार गराउन अस्पताल पुगेकी परियार त्यस बेला छाँगाबाट झरिन् जब डाक्टरले छोरी अरिस्ताको दुबै मिर्गाैला खराब भएको सुनाए । त्यसपछि उनलाई तत्काल विराटनगरस्थित नोबेल अस्पताल पु¥याइएको थियो । अरिस्ताको तत्कालै मिर्गाैला प्रत्यारोपण गरे जीवन बचाउन सकिने डाक्टरले सल्लाह दिएसँगै हाल उनको ओमसाई पाथीभरा हस्पिटलमा हप्तामा दुई पटक डाइलोसिस भइरहेको छ । छोरी जीवन मरणको दोसाँधमा पुगेपछि यतिबेला परियार परिवारको सबै खुसी खोसिएको छ । छोरीको जीवन कसरी बचाउन सकिन्छ भन्ने चिन्ताले आमा लक्ष्मी र बुवा रमेश परियार पिरोलिएका छन् ।
धुलाबारीस्थित धुलावारी माविमा कक्षा ११ मा अध्ययनरत अरिस्ताले आफ्नो मिर्गाैला खराब भएको सुनेसँगै उनको आँखा महिनौदेखि ओभाएका छैनन् । सोमबार धुलाबारीमा गहँभरि आँसु पार्दै अरिस्ताले भनिन्, “मलाई बचाइदिनुहोला, मलाई बाँच्न रहर छ ।” उनको यो भनाइले सहभागी धेरै जनाको आँखा रसाए । लक्ष्मी परियार मेचीनगर ९ की जनप्रतिनिधि हुन् । वडा सदस्य परियारको आर्थिक अवस्थासमेत अत्यन्तै कमजोर रहेको छ । छोरीको उपचारमा हालसम्म २ लाख बढी खर्च भइसकेको बताउँदै लक्ष्मीले भनिन्, “मिर्गाैला दिने मानिस भए डाइलोसिस गर्न १५लाख लाग्ने रहेछ,” आँसु पुछ्दै उनले भनिन्, “तपाईँहरूको सानो सहयोगले छोरीको जीवन बचाउन सकिन्छ, त्यसैले सहयोग गरिदिनुहोला ।” यसैबीच छोरीको जीवन बचाउन उनका बुवा रमेशले एउटा मिर्गौला दिने भएका छन् । रमेश भारतको बम्बईमा मजदुरी गर्छन् । २ महिनाअघि उनी घर आएका छन् । उनले भने, “भएको सबै रकम सकियो, अब के गरेर उपचार गर्ने, एउटा घरबाहेक केही छैन, तपाईँहरूको सहयोगको खाँचो छ ।”

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु