सुरुंगा प्रेस क्लवका अध्यक्ष निरौलालाई मातृशोक

2024-03-31 मा प्रकाशित

झापा, । सुरुंगा प्रेस क्लवका अध्यक्ष एवम् कनकाई खबर अनलाइन पत्रिकाका सम्पादक राम निरौलालाई मातृशोक परेको छ ।

उहाँकी आमा हेमकला निरौलाको शनिवार विहान साढे ९ बजेतिर कनकाई वडा नं. ७ स्थित निजी निवासमा ७० वर्षको उमेरमा आकस्मिक निधन भएको हो ।

स्व. हेमकलाका पति टिकाराम निरौला, एक छोरा राम निरौला र सातछोरीहरु इन्दु अधिकारी, गोमा भट्टराई, लक्ष्मी कट्ट्ल, नर्वदा बराल, कल्पना भण्डारी, इन्दिरा पोख्रेल र गीता भट्टराई हुनुहुन्छ । स्व. हेमकला मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बरालको सासुआमा हुनुहुन्छ । स्व. हेमकलाको शनिवार साँझ कनकाई घाटमा अन्त्यष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु