वडाध्यक्ष खड्काको संयोजकत्वमा अरिस्ता उपचार सहयोग समिति गठन एकै दिन २ लाख २८ हजार ४ सयको प्रतिबद्घता

2020-09-08 मा प्रकाशित

डम्बर बराल
धुलावारी÷ दुबै मिर्गाैला खराब भएपछि जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी अरिस्ताको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस मेचीनगर समितिले छलफल कार्यक्रम आयोजना गरेर अरिस्ता उपचार सहयोग समिति गठन गरेको छ ।
छलफल कार्यक्रममा जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरूले अरिस्ताको उपचारमा सक्रिय भएर सहभागी हुने र आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् ।

मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला कोषाध्यक्ष केशवराज पाण्डेले नेपाली काँग्रेस पार्टी एउटा परिवार भएको र परिवारको सदस्यलाई समस्या पर्दा एक ढिक्का भएर सहयोग गर्न सबैसँग अनुरोध गरे । कोषाध्यक्ष पाण्डेले कम्युनिस्ट सरकार र पार्टीबाट जनता आजित भएर नेपाली काँग्रेसमा प्रवेशको लहर चलेको बताउँदै उनले पार्टी कार्यकर्ता सबैले नगरले विकास निर्माणमा ध्यान पु¥याउन नसकेको क्षेत्रको पहिचान गरी पार्टीको तर्फबाट अभियान थाल्न सुझावसमेत दिए । सो अवसरमा क्षेत्रीय सभापति मणिकुमार उपे्रतीले अरिस्ताको जीवन बचाउन नगरदेखि जिल्ला तहसम्म अभियान सञ्चालन गर्ने बताउँदै आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न अनुरोध गरेका थिए । उनले आगामी भदौ २४ गते बिपी स्मृति दिवस परेकोले सबै वडामा कार्यक्रम गर्न अनुरोधसमेत गरे ।कार्यक्रममा वडानम्बर ४का वडाध्यक्ष नविन बरालले निर्वाचन आउन २ वर्ष मात्र बाकी रहेकोले जनताको समस्यालाई सम्वोधन गरी पार्टीलाई थप मजवुद बनाउन पार्टी नेतृत्वले ध्यान दिनु पर्नै बताए । भेलाले वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा अरिस्ता उपचार सहयोग समितिसमेत गठन गरेको छ । अभियानको सह संयोजकमा वडा नम्बर १० का वडाध्यक्ष सुवेशकुमार पनेरु, सचिवमा धु्रव कनाल र सदस्यहरूमा दलबहादुर विक, पोषककुमार दर्जी, द्रोण वागदास र सबै वडा सभापतिहरूसमेत सदस्य रहेका छन् । अरिस्ता बचाऔँ अभियानका संयोजक गोपाल खड्काले अरिस्ताको जीवन बचाउन सबैको सहयोगको खाँचो रहेको बताएका छन् ।

सो अवसरमा सहभागीहरूले स्वतःस्फुर्त रूपमा अरिस्तालाई सहयोग गर्ने प्रतिबद्घतासहित सहयोग रकम टिपाएका थिए भने सहयोग रकम २ लाख २८ हजार ४ सय रुपैयाँको टिपोट भएको थियो । जसमध्ये ४३ हजार ५ सय नगद संकलन भएको थियो । संकलित रकम अभियानका संयोजक खड्कालाई हस्तान्तरण गरिएको थियो । सहभागी पार्टी कार्यकताहरूले स्वतःस्फुर्त रूपमा आर्थिक संकलन गरेका थिए । अरिस्ताको हाल ओम साई पाथीभरा हस्पिटलमा हप्तामा दुई पटक डाइलोसिस भइरहेको छ । एक महिनाअघि स्वास्थ्यमा समस्या भएपछि उनलाई बिर्तिामोडस्थित बिर्तासिटीमा उपचारको लागि लगेपछि उनको दुबै मिर्गौला खराब भएको डाक्टरले बताएका थिए । त्यस लगत्तै उनलाई उपचारको लागि परिवारले विराटनगरस्थित नोबेल अस्पताल पु¥याएका थिए । सामाजिक क्षेत्रमा व्रिmयाशील रहेकी जनप्रतिनिधि मेचीनगर ९ की वडासदस्य लक्ष्मी परियारले छोरीको जिवन बचाइदिन सबैसँग अनुरोध गरिरहेकी छिन् ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बू, मेचीनगर सचिव वसन्त तिवारी बुद्घ, हस्त आङ्देम्बे, क्षेत्र क सभापति हर्क फ्याक, क्षेत्र ख सभापति सीता पोख्रेल एवम् विभिन्न वडाका जनप्रतिनिधिहरू तथा पार्टी प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु