रोविटिक्स एण्ड पोडिङ ल्याव सञ्चालनन गर्दे झापा नेशनल

2024-04-02 मा प्रकाशित

मेचीनगर । मेचीनगर ७ स्थित झापा नेशनल स्कुलले झापामा पहिलो पटक विद्यार्थीका लागि रोविटिक्स एण्ड पोडिङ ल्याव संचालन गर्ने भएको छ ।
मेचीनगर–७, इटाभट्टा स्थित झापा नेशनल स्कुलले उक्त ल्याज सञ्चालनमा ल्याउने स्कुलका प्रिन्सिपल कमल भेटवाल बताए ।
बिद्यालयले आज पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमकोबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कमल भेटवालले चैत २५ गतेदेखि ३० गतेसम्म काँकरभिट्टा मेची सामुदायिक हलमा अन्डर १४ का विद्यार्थीहरूको फुटबल क्याम्प सञ्चालन गर्ने जानकारी दिए ।
त्यस्तै स्कुलले आगामी शैक्षिक सत्र २०८१ सालदेखि विद्यार्थीहरूको क्षमता बढाउन एकाडेमिक लेवल जाच्न एएलआइ, पीजीदेखि कक्षा–४ सम्मका विद्यार्थीको पढाइ बुकलेश मार्फत गरिने र रोवेटिङ ग्याम्स एण्ड पोडिङ ल्यावस् लगायतको माध्यामबाट पढाउने तयारी गरिएको उनले भेटवालले बताए ।
झएन्फाबाट सार्टिफिकेट भएकाबाट अन्डर–१४ का विद्यार्थीहरूलाई प्रशिक्षण दिइनेछ,’ भेटवालले भने,‘ विद्यार्थीहरूको क्षमता बढाउने उदेश्यले एएलआइ मार्फत एकाडेमिक लेवल मापन गरिनेछ । विद्यार्थीको एकवर्ष भित्र सय प्रतिशत लेवल बढाउने छौँ ।’
विद्यालयले साना कक्षाका विद्यार्थीहरूलाई कितावको भारी नबोकाउने गरि बुकलेश शिक्षण विधी अपनाएको प्रिन्सिपल भेटवालले जानकारी दिए । विद्यालयले गतवर्षदेखि रोविटिक्स एण्ड पोडिङ ल्याव समेत सञ्चालनमा ल्याएको उनको भनाई छ ।
१० कठ्ठा क्षेत्रफलमा फैलिएको सो विद्यालयमा पीजीदेखि कक्षा– १० सम्मका ६५० जना विद्यार्थी रहेको बताइएको छ । पत्रकार सम्मेलनको सहजीकरण स्कुलका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु