2024-04-02 मा प्रकाशित

मेचीनगर, २० चैत । मेचीनगर(७ सतिघट्टा स्थित चिया बगानमा ९ फिट लामो करिव १० किलोग्रामको अजिङ्गर भेटिएको छ ।

सतिघट्टा चिया बगान क्षेत्रको बाल उद्यान केन्द्र नजिक सखुवा डाँडामा आज विहान साढे ९ वजे ९ फिट लामो र करिव ९ किलो ८ सय ग्राम तौल भएको अजिङ्गर भेटिएको हो ।

उक्त अजिङ्गरलाई सव डिभिजन वन कार्यालय, स्थानीय समाजसेवीहरूको रोहवरमा बुद्वशान्ति गाउँपालिका(५ स्थित पाँचपोखरी सामुदायिक वनमा छोडिएको बताइएको छ ।

उक्त अजिङ्गर चारआली सव डिभिजनका प्रतिनिध कर्ण खाति, वनका अध्यक्ष चेतन आचार्य, हात्ती संरक्षणकर्मी शंखर लुइटेल, सन्दिप लुईटेल, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेल र सर्प उद्दारकर्ता मुन्ना कार्की, लगायतको रोहवरमा पाँचपोखरी सामुदायिक वनमा छाडिएको छ ।

चिया बगानमा अजिङ्गर फेला परेपछि सतिघट्टाका स्थानीय सोम लुइँटेलले सम्बन्धित निकायलाई खवर गरेको समाजका अध्यक्ष खरेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु