झापामा पत्रकार सहारा उपचार कोष’को राशि रु एक करोड पुग्यो

2024-04-14 मा प्रकाशित

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पु¥याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।

नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताए ।

महासङ्घको आफ्नै कोषबाट रु चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रु पाँच लाख जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले रु एक करोड जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिए । उउनका अनुसार समाचार सङ्कलनको क्रममा हुने दुर्घटनामा घाइते भएका र विभिन्न रोग लागेर बिरामी हुने जिल्लाका पत्रकारलाई कोषले उपचारका लागि नगद सहयोग दिँदै आएको छ । कोषमा पत्रकारले जनही रु तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताले दिएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु