घैलाडुब्बा शिवालय मन्दिरलाई नगरकै आकर्शक धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउँछौं : नगरप्रमुख बुढाथोकी

2024-04-20 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले घैलाडुब्बा शिवालय मन्दिर तथा पातालगंगा क्षेत्रलाई मेचीनगरकै आकर्शक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।
सुरेन्द्रनगर धैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समिति मेचीनगर ५, ८ को नवनिर्वाचित समितिको पदस्थापन तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले महाभारतकालिन इतिहाससँग जोडिएको मेचीनगर क्षेत्रको प्राचिन तथा एतिहासिक घैलाडुब्बा देवी तथा शिवालयम मन्दिरको पुनः निर्माणकार्य पुरातात्विक बिभागले अघि बढाएको बताउँदै स्थानीय सरकार केन्द्र र प्रदेशको सहभागितामा नगरकै आकर्शक गन्तब्य बनाउने उद्घोष गरे । ‘बजेट अभावले मन्दिर निर्माण कार्य रोकिएको छ ।,’ उनले भने, ‘हामीले बजेटको लागि पहल गरिरहेको छौं अब निर्माणकार्य चाँडै सुरु हुन्छ ।’ उनले घैलाडुब्बाको एतिहासिक पृष्ठभूमिको समेत खोज अनुसन्धान गर्ने र अभिलेख राख्ने बताए ।


मन्दिरको सामुदायिक भवनमा आयोजित सफद् ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक दीपक काफ्लेले नवनिर्वाचित समितिलाई सफद ग्रहण गराएका थिए ।
सफद ग्रहण पछि मन्दिर समितिका अध्यक्ष चन्द्र कोइरालाले नवनिर्वाचित अध्यक्ष गणेश खरेललाई पदहस्तान्तरण गरे । उनले माइन्यूट, चेक लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।


निर्वाचन समितिका संयोजक दीपक काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, मन्दिर समितिका पूर्व अध्यक्ष हरि बुढाथोकी, समितिका निवर्तमान अध्यक्ष चन्द्र कोइराला लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य गोविन्द गिरीले गरेका थिए ।

उता पातालगंगा क्षेत्रलाई सिंगारने अभियानमा सामाजिक अभियान्ता केसाड लामा सक्रिय बनेका छन् । उनले यतिखेर पातालगंगालाई सौन्दर्यता प्रदान गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु