धुलाबारीमा स्वं जंग बहादुर थापा स्मृति टेवल टेनिस प्रतियोगिता सम्पन्न

2024-04-21 मा प्रकाशित

धुलाबारी । हिमालयन अंग्रजी माध्यमिक विद्यालय मेचीनगर ९ को प्रायोजन तथा जेनियम युवा क्लवको आयोजनामा स्व. जंगबहादुर थापा स्मृति नक आउट टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिता हिमालयन अंग्रेजी माध्यमिक विद्यालयको हलमा सम्पन्न भएको हो ।


नेपाल कराँते महासंघका केन्द्रिय सदस्य मिलन राज प्रसाईको प्रमुख आतिथ्य एवम् जेनियम युवा क्लवका कार्यवाहक अध्यक्ष लक्ष्मण बानियाँको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा मेचीनगरका ५२ प्रतियोगि सहभागि थिए । उक्त प्रतियोगितामा विजेता श्रेष्ठले नगद रु १० हजार, ट्रफी तथा मेडल साथै उपविजेता अमन भुकानियाले नगद रु ५ हजार ट्रफी तथा मेडल प्रमुख अतिथि साथै विशेष अतिथि जंगबहादुर थापाका जेष्ठ सुपुत्र मणिराज थापा लगायत अतिथि तथा विद्यालयका निर्देशक धनराज थापा, विद्यालयका प्रिन्सिपल कमल नेपालले हस्तान्तरण गरेका थिए । त्यसैगरी खेलमा १० उत्कृष्ट खेलाडीहरु, राइजिङ प्लेयर अवार्ड जतन पनेरुले जित्न सफल भए भने सबै भन्दा कान्छा खेलाडी वर्ष ९ का रोनक पोद्धार र महिला प्रतिष्पर्धी हरुलाई विषेश सम्मान तथा मेडल अतिथिहरु रविन्सन थापा मगर, विवेक खवास, राजु धिमाल तथा राहुल जैन द्वारा हस्तान्तरण गरियो । कार्यक्रमको सञ्चालन विद्यालयकी छात्रा प्रियंका भ्टराईल गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु