कतारी राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलले गरे स्वागत

2024-04-23 मा प्रकाशित

काठमाडौं,११ बैशाख । कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज मंगलबार नेपाल आएका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । विमान स्थलमा अवतरण गरेपछि उनलाई विमान स्थलमा भब्य स्वागत गरिएको थियो । उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले भब्य स्वागत गरेका थिए ।

त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको थियो।एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी बंगलादेशहुँदै आज नेपाल आएका हुन् । आज उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् । भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपराह्न कतार फर्किने छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु