मेचीनगरमा आम औषधि सेवन कार्यक्रम शुभारम्भ

2024-04-28 मा प्रकाशित

मेचीनगर । मेचीनगरपालिकामा आजबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । आज मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रे्रले उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन् ।
उपप्रमुख उपे्रतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती पाईले विरुद्धको अभियान सफल पार्न अनुरोध गरिन् ।
सो अवसरमा शिक्षा शाखा प्रमुख भण्डारले औषधि सेवन गर्दै हात्ती पाइले रोग नियन्त्रणकोलागि सरकारले ठूलो धनराशी खर्च गरिरहकोले यस पटक इमान्दार पूर्व सबैले औषधि खाएर सरकारको अभियानलाई सफल पार्न तथा नेपाललाई हात्तीपाईले रोग मुक्त बनाउन आग्रह गरे ।
अभियानलाइ सफलपार्न सहभागि बनेका नेपाली काँग्रेसका नेता मणिकुमार उप्रेती समेत औषधि सेवन गर्दै मेचीनगरलाई हात्तीपाइले रोग मुक्त बनाउन सबैले औषधि सेवन गर्नु पर्ने बताए । उनले औषधि खाएर आफूमात्र बाँच्ने भन्दा पनि सबैलाई बचाउने अभियान थाल्न सुझाव दिएको थिए ।
सो अवसरमा मेचीनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अघिकारी सहित नगरका कर्मचारी तथा जनप्रतिनिधि सहित स्थानीयहरुले समेत औषधि सेवन गरेका थिए ।


आम औषधि सेवन कार्यक्रम यस अधिका वर्षहरुमा प्रभावकारी हुन नसक्दा हात्ती पाइले नियन्त्रणमा आउन नसकेको भन्दै मेचीनगर स्वस्थ्य शाखा प्रमुख सविता सापकोटाले यस वर्ष हात्ती पाइले विरुद्धको औषधि अनिवार्य रुपमा सबैलाई खुवाउने योजना रहेको बताइन् । उनले मेचीनगरका सबै वडाहरुमा सचेतना सहित औषधि खुवाउने अभियान सुरु भएको र स्वस्थ्य स्वयमसेवीकाहरुले घरघरमा पुगेर औषधि ख्वाइने बताइन् ।
मेचीनगरपालिकाको नगर स्वास्थ्य शाखाले यस अभियानलाई सफल पार्न ७० जना स्वास्थ्य कर्मी र ७० जना स्वयम सेवक परिचालन गरेको स्वस्थ्य शाखा प्रमुख सापकोटाले बताइन्
उनले औषधिको बारेमा फैलिने गरेको अनर्गल हल्लाको पछि नलाग्न समेत अनुरोध गरेकी छिन् । अभियान बैशाख ३० गतेसम्म सञ्चालन हुने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु