असोज १ देखि सार्वजनिक गाडी सञ्चालन हुने

2020-09-09 मा प्रकाशित

मेचीनगर, २४ भदौ । यातायात व्यवसायीहरुलेआगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन् ।

बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राईले सरकारलाई सार्वजनिक सवारी सञ्चालनका लागि विकल्प दिन भनिएको बताए ।

सरकारले यातायात सञ्चालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको उनले बताए । ‘यतिञ्जेल हामीले जसोतसो धान्यौं, अब सकिँदैन’ उनले भने ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताए । कोरोना संक्रमण कम भएका ठाउँमा यातायात चलाउन सकिने सुझाव आफूहरुले दिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु