प्रतिभा युवा परिवारको आयोजनामा मेचीनगरमा ‘गजल साँझ’

2024-05-02 मा प्रकाशित

मेचीनगर । बुधबार साँझ मेचीनगर– ७ स्थित जोरसिमल क्षेत्र एका –एक रंगीन बन्यो, भाषा साहित्य र कलाका दिग्गजहरुको उपस्थितिमा प्रेम अनि वेदनाका स्वरहरु गुञ्जीए । उपस्थित सबै भाबुक बनेका थिए । वावा भन्नेहरुको पनि कमि थिएन ।
मेचीनगर – ८ स्थित प्रतिभा युवा परिवारले मेचीनगरमा पहिलो पटक कवि तथा साहित्यकारहरुलाई जमघट गराएर ‘गजल साँझा’ कार्यक्रम आयोजना गरेको थियो । अनि कार्यक्रमका प्रमुख अतिथि थिए नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ डा. देवी नेपाल । उनले नेपालमा साहित्यमा गद्य कविता र पद्यको विषयमा झगडा हुने गरेको भन्दै त्यस्तो नगर्न सुझाव दिए । ‘मेरो जीवन सिंगो नेपाली गजलको जीवन होइन्’, उनले भने, ‘मेरो जीवनकालमा अहिले लेखेको कुरा सय वर्ष पछि खोजी र समिक्षा हुन्छ, त्यसकारण झगडा नगरौं । प्रमुख अतिथिले साहित्यकारहरुको संक्षिप्त परिचय सहित साहित्य विद्याका बारेमा रोचक धारणा राखेसँगै सहभागि साहित्यकारहरुले सुरुगरे आ– आफ्ना प्रस्तुती ।
कार्यक्रमलाई रोचक बनाउन ख्यातिप्राप्त साहित्यकार तथा कविहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वच्छन्द कवि भरत वर्वरिक, विवस बलिभद्र कोइराला, लिला अनमोल, कुमारी चेम्जोङ, यादव भट्टराई, पवन ढुंगेल, छन्द कवि रीता पोख्रेल लगायतले गजल प्रस्तुत गरेका थिए । हलमा सहभागि सबैलाई साहित्यका तथा गजकारहरुको प्रस्तुतीले आफ्नो अतित तर्फ डोर्याएको थियो । उमेरले ९० पुगेकाहरुपनि रोचक प्रस्तुतीले सबैलाई १६ वर्षे जवानीमै फर्काएको महसुस हुन्थ्यो । सबै जना हलमा उत्साहित देखिएका थिए ।


औपचारिक कार्यक्रम समापन भएपछि दोस्रो चरणको साहित्यिक कार्यक्रमको सञ्चालन साहित्कार दीपक सुवेदीले गरेका थिए ।
सो अवसरमा मेचीनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्त कुमार वस्ती, मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणि ओली, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, प्रतिभा युवा परिवारका निवर्तमान अध्यक्ष युवराज आचार्य लगायत झापा जिल्लाका दिग्गज साहित्यकारहरुको उपस्थिति रहेको थियो ।


साहित्यमा रुचीराख्दै आउनु भएका उमेर ९० पुगेका मेचीनगर ८ निवासी शिक्षासेवी एवम् साहित्यकार विष्णुभक्त आत्रयको उपस्थितिले कार्यक्रममा थप हौसला प्रदान गरेको थियो । उनले आफनो बाल्यकालको भोगाइलाई कवितामा प्रस्तुत गरेका थिए ।
प्रतिभा युवा परिवारका अध्यक्ष राजु गौतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सञ्जय थामीले र सञ्चालन सचिव विकास राउतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु