बाहुनडाँगी जेसीजले गर्यो फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक

2024-05-05 मा प्रकाशित

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले हालै सम्पन्न सहिद सुरेश क्षेत्री स्मृति दोस्रो जेसीज नकाउट फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक गरेको छ ।
शनिवार प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेसीजले ६ लाख ५१ हजार १६५ रुपैया बराबरको आय ब्यय सार्वजनिक गरेको हो ।
कार्यक्रम संयोजक सामुल रायको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष जेसी नित्यानन्द चम्लागाईले आय ब्यय सार्वजनिक गरेका थिए ।
कार्यक्रममा जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँले फुटवल कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सामाजिक राजनीतक तथा सञ्चारक्षेत्रबाट ठूलो सहयोग भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । बाहुनडाँगी जेसीजले बिबिध कार्यक्रम सञ्चालन गर्दे आएको अध्यक्ष बानियाँले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु