अपाङ्गमैत्री सेवा सरोकार संस्थाले भित्र्यायो अगरबत्ती बनाउने मेसिन, उत्पादन सुरु

2024-05-06 मा प्रकाशित

धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको अपाङ्गमैत्री सेवा सरोकार संस्था मेचीनगर -१० ले आइतबारदेखि प्रविधिमा फड्को मार्दै मेसिनको प्रयोगबाट उत्पादन सुरु गरेको छ ।
यस अघि आफ्ना चार जना सदस्यहरुलाई रोजगारी दिएर हातकै माध्यमबाट (मेनोल) अगरबत्ती उत्पादन गरि झापाका बिभिन्न बजारमा आफ्नो पहुँच बनाउँदै आएको संस्थाले बजारको मागलाई ख्याल गर्दै मेशिन भित्र्यायोको अध्यक्ष राम बुढाथोकीले बताए । हामीले स्था स्थापनाको दोस्रो वर्षबाटै दुःखका साथ अगरवत्ती उत्पादन सुरु गर्यौ र स्थानीय बजारमा बिक्री गर्दै आएका छौं उनले भने पछिल्लो समय बजारमा अगरबत्तीको माग बढ्न थाल्यो त्यसैले मेचीनगरपालिकासँग अनुरोध गरेर मेसिन गरिद गर्यौ । उनले मेचीनगरपालिकाले मेसिन खरिदको लागि २ लाख अनुदान दिएको बताए ।
आइतबार संस्थामा मेशीन आएसँगै स्थानीयहरुको उपस्थितिमा मेसिनको पूजागरी सञ्चालनमा ल्यइएको छ । गुरुले विधिवत रुपमा पुजा सम्पन्न गरेसगै उत्पादन समेत सुरु गरिएको थियो ।


समितिले बिराटनगरबाट अगरबत्ती उत्पादनको लागि कच्चा पदार्थ ल्याउने गरेको अध्यक्ष बुढाथोकी ले जानकारी दिए । मेसिनको प्रयोगबाट दैनिका ४५ केजी सम्म अगरवत्ती उत्पादन गर्न सकिने उनले बताए ।
अपाङ्गमैत्री सेवा सरोकार संस्था फरक क्षमता भएको ब्याक्तिहरुको साझा संस्था हो । मेचीनगर १० स्थित ढाटमा रहेको यो संस्था २०७८ सालमा स्थापना भएको थियो । संस्थामा हाल ४० जना सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु