2024-05-15 मा प्रकाशित
झापा, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।
पाटन उच्च अदालतका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो ।
जिल्ला अदालत काठमाडौंले २०८० पुस १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
प्रतिकृया दिनुहोस्