अरिस्ताको जीवन बचाउन, अरिस्ता बचाउ अभियान समितिले गर्याे सवै सँग आग्रह

2020-09-10 मा प्रकाशित

मेचीनगर,२५,भदौ । लाऊँलाऊँ र खाऊँ खाऊँको उमेरमा दुवै मृगौलाले काम गर्न छाडेपछि गम्भीर स्वास्थ्य संकटमा परेकी मेचीनगर ९, फारम टोल निवासी १७ वर्षीया अरिस्ता परियारको जीवन बचाउन अरिस्ता परीयार बचाउ अभियान समितिले सबैसँग अनुरोध गरेको छ ।

मेची उद्योग वाणिज्य संघको सभाहल पत्रकार सम्मेलनको आयोजना गरी अरिस्ताको जीवन बचाउने अभियानमा सहभागी भईदिन समितिले सबैमा आग्रह गरेको हो ।

मेचीनगर १० स्थित धुलावारी माविमा कक्षा ११ मा अध्ययनरत आरिस्ताको दुबै मृगौलाले काम गर्न छाडेको एक महिना भईसकेको छ।

परिवारको आर्थिक अवस्था दयनीय रहेको र उनको मृगौला प्रत्यारोपण गर्न ठुलो धनराशी जुटाउनु पर्ने भएकाले आर्थिक सहयोग गरी छोरीको जीवन बचाई दिन अरिस्ताकी आमा लक्ष्मी परियारले पत्रकार सम्वेलनमा सबै सँग अनुरोध गर्नु भएको छ । छोरीको उपचारमा हाल सम्म ३लाख बढी खर्च भईसकेको बताउँदै उहाँले भन्नुभयो हप्तामा दुई पटक नियमित डाईलासिस गर्नु पर्छ । त्यसैले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न पाए छोरी को जीवन बचाउँन सकिने थियो ।

अरिस्ता बचाउ अभियानका संयोजक मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्काले हाम्रो एउटा सानो सहयोगले बालिकाको जीवन बाँच्न सक्ने भन्दै यथासक्य सहयोग गर्न सबैमा आग्रह गर्नु भएको छ । सो अवसरमा अभियानका सह संयोजक मेचीनगर १० का अध्यक्ष सुवेशकुमार पनेरुले सबैलाई अभियानको सदस्यको रुपमा रही काम गरिदिन र अरिस्ताको जीवन बचाउने अभियानमा सहयोग पु¥याउन आग्रह गर्नु भयो ।

अभियानका सचिव मेची उद्योग वाणिज्य संघका महा सचिव ध्रुव कनालले हाल सम्म २ लाख ४० हजार ८०० सहयोगको प्रतिवद्धता भएको र नगद रु ५२ हजार प्राप्त भई सकेको जानकारी दिनु भयो ।

अरिस्ताको उपचारमा सहयोग पु¥याउन इच्छुक सबैमा एनएमवी वैंक, धुलावारी शाखाको खाता नं स् १७५० १४३०६९ ००००११ मा रकम जम्मा गर्न सकिने अभियानले जानकारी दिएको छ ।
मेचीनगर ९की जनप्रतिनिधि नगर परिषद सदस्य लक्ष्मी परियारले  छोरीको जीवन बचाउँन ठुलो खर्च लाग्ने भएकोेले सबैक्षेत्रबाट सहयोग गरिदिन आग्रह गर्नू भएको छ । मेचीनगर नगरपालिका, जन प्रतिनिधिहरुमार्फत सहयोग जुट्ने क्रम जारी रहेको छ । साथै जिल्लामा रहेका दलित संगठनहरुले समेत सहयोग रकम प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु