नेपाल बैंक कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर ४०० बढीले लिए सेवा 

2024-05-21 मा प्रकाशित

मेचीनगर । नेपाल बैंक कर्मचारी संघ कोशि प्रादेशिक समितीको आयोजनामा सोमबार  बिर्तामोडमा निःशुल्क आँखा ,नाक कान र घांटी जांच शिविर सम्पन्न भएको छ ।
नेपाल बैंक कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित शिविरमा ४०० जना सर्वसाधरणले  स्वास्थ्य जाँच गराएका थिए । बिर्ता आई एण्ड इएन्टि सेन्टर बिर्तामोडको  प्राविधिक सहयोग रहेको उक्त स्वास्थ्य शिविरमा विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै  औषधि तथा चस्मा समेत वितरण गरिएको थियो । नेपाल बैंक कर्मचारी संघको स्थापना दिवस  वैशाख ८ गते भए पनी प्राविधिक कारणले स्वास्थ्य शिविर १ महिना पछि सरेको थियो ।
यस अघि नेपाल वैक कर्मचारी संघ कोशि प्रादेशिक समितीका अध्यक्ष डिकेन्सन पाण्डेको अध्यक्षतामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर उद्घाटन  सत्रमा , संघका केन्द्रिय अध्यक्ष नवराल लम्सालको प्रमुख आतिथ्यता रहेको थियो, संघका केन्द्रिय  उपाध्यक्ष वेद प्रसाद ढुंगाना, नेपाल वैक लि. कोशि प्रादेशिक कार्यालयका प्रमुख सूर्य प्रकाश भट्ट, विर्तामोड नगरपालीका वडा नं १ का वडा अध्यक्ष अग्नी प्रसाद पाण्डे, वडा नं ३ का  वडा अध्यक्ष मदन वुढाथोकी, वडा नं ४ का वडा अध्यक्ष राहुल अग्रवाल, हस्पिटल प्रशासनका तर्फवाट शोभा वस्नेत र दिपेन वस्नेत, नेपाल वैकका विर्तामोड शाखा प्रवन्धक प्रवेश अधिकारी लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रमा वैकका कर्मचारी , कर्मचारी युनियनका पदाधिकारीहरु ,ग्राहक तथा सर्वसाधारण समेतको वाक्लो उपस्थिती रहेको थियो ।
वडा अध्यक्ष राहुल अग्रवाल , वंैकका कोशि प्रादेशिक कार्यालयका प्रमुख सुर्य प्रकाश भट्ट, शाखा प्रवन्धक प्रवेश अधिकारीले शुभकामना मन्तव्य राखेको , उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत संघका झापा जिल्ला अध्यक्ष भानुभक्त ढुंगानाले गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका क्षेत्रिय सचिव रविन्द्र पाठक ले गरेका थिए । कार्यक्रम नेपाल बैंक लि. विर्तामोड शाखाको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु