पत्रकार घिमिरेको अगुवाइमा सामाजिक अभियान, निर्माण हुँदै विपन्न भूजेल परिवारको घर

2024-05-22 मा प्रकाशित

डम्बर बराल

मेचीनगर । पत्रकार खगेन्द्र घिमिरेले तीन साता अघि एउटा भिडियो फेसबुक वालमा पोष्ट गरे । आमाको निधनपछि काज किरियामा बसेका तीन अवोध बालबालिकाको तस्वीर । तस्वीरमै प्रस्ट देखिन्थ्यो । करुणाले भरिएको मलिन अनुहार फेस बुक वालमा पत्रकार घिमिरेले लेखेका थिए । यी अवोध बालबालिकाको भविश्य अव के होला ? आउनुहोस हातेमालो गरौं । यी बालबालिको लागि बस्ने घर निर्माण गरौं । घिमिरेले त्यसबेला संकल्पनै गरे १२ औं दिनको काम पछि एउटा घर निर्माण गरेरै छाड्छौं ।
उनले लिएको संकल्प यतिखेर सार्थक बन्दै गएको छ । उनको पोष्ट पछि आर्थिक सहयोग गर्ने मनकारी हातहरु जोडिने क्रम बढ्दो छ । भने घर निर्माणको काम समेत तीब्र रुपमा अघि बढेको छ । आर्थिक रुपमा विपन्न परिवार जसको बिहान बेलुकाको छाक टार्न दैनिक गुजारा नगरी सम्भव थिएन । न त घाम पानी छल्ने राम्रो ओत नै थियो, नत बिहान बेलुकाको छाक टार्ने अन्न, मेचीनगर १२ निवासी ४८ वर्षीय पद्यमा भूजेलले आफनो कलकलाउँदा साना नानीहरु र आफनो पतिलाई छोडेर यस धर्तिबाट सदाकालागि विदा भएपछि परिवारको सबै खुसी खोसिएको थियो ।


अनुसन्धान मिडिया प्रालिका सम्पादक समेत रहेका पत्रकार घिमिरेको संयोजकत्वमा ११ सदस्यीय घर निर्माण समिति बनाएर घर निर्माणको काम अघि बढाइएको छ । करिब १० लाखबढी लागत स्टिमेटमा टिनको छाना भएको भान्सासहित २ कोठे घर निर्माणको काम अघि बढेको निर्माण समितिका संयोजक घिमिरेले बताए । उनका अनुसार हाल फन्डिशनको काम पुरा भइसकेको र आगामी असार मसान्त भित्र घर निर्माणको काम सम्पन्न हुने छ । ‘पद्यमा दिदीको निधनको खवरले त्यहाँ पुँगे, त्यहाँको अवस्था देख्दा मन थामिएन नत खाने अन्न थियो, नत बस्ने घर नै घाम पानीबाट जोगिनै मुस्किल हुने अवस्थादेखेपछि सहयोगको लागि अपिल गरेँ,’  उनले भने,‘अहिले समिति नै निर्माण गरेर घर निर्माण कार्य थालेका छौं ।’


समितिको सदस्यमा गङ्गा उराउँ मेचे, गोपि रिजाल, सोम ओझा, रामबहादुर मगर, बिपिन प्रसाईं, बिष्णु बुढाथोकी,सन्दीप तिम्सिना, भीम कुवर, कविन्द्र श्रेष्ठ, सुमित्रा गौतम रहेका छन् । घर निर्माणार्थ हालसम्म विभिन्न ठाउँबाट दाताहरुले ४ लाख बढी नगद तथा बिभिन्न निर्माण सामाग्री संकलन भइसकेको संयोजक घिमिरेले बताए । उनका अनुसार हातेमालो जनसेवा समाजका केन्द्रिय सदस्य राम थापाले २० बोरा सिमेन्ट सहयोग गरेका छन् भने, कैलाश भट्टराई, देवेन्द्र अर्याल र सन्तोष खवासबाट ३५ बोरा सिमेन्ट, पदम खड्का, प्रेम खड्का, विष्णु बुढाथोक, दिनेश जैनबाट ३५ बोरा सिमेन्ट, मेचीनगर–१० का वडासदस्य सोम ओझाले जस्ता पाता र स्वास्थ्य बिमाको सहयोग गर्ने भएका छन् । त्यसैगरी कमल गौतम, याम बुढाथोकी, असिम दाहाल, भीम कुँवरबाट १ ट्याक्टर इँटा,  मेची महाकाली संयूक्त आवाजबाट २२ हजार नगद प्राप्त भएको छ । त्यसैगरी भूजेल समाज झापाबाट ५० हजार २ सय नगद तथा बिर्तामोड निवासी धिरज जैनले पिउने पानीको लागि कल गाडिदिएका छन् । यस अभियानमा हातेमाले गर्दै देश तथा विदेशबाट बिभिन्न दाताहरुले सहयोग पठाइरहेको तथा श्रमदान गर्न आउनेहरुको संख्या समत बढ्दै गएको उनले बताए । बाहुनडाँगी जेसीजले समेत श्रम दान गरेको जेसीजका अध्यक्ष देबु बानियाँले बताए ।
मेचीनगर–५ का उमेश उप्रेतीले घर निर्माणका लाग्ने काठ उपलब्ध गराएका छन् । त्यस्तै इँटा, रङ्गरोगन, पिउँने पानीको ब्यवस्थापनका लागि दाताले सहयोग गर्ने वचन दिँदै आएका छन् ।
तीन बालबालिकामध्ये रोहन कक्षा ५ मा, तारा कक्षा ४ मा र करुणा कक्षा २ मा स्थानीय मेचीनगर–११ स्थित बलभद्र माबीमा अध्ययनरत छन् । उनीहरुलाई उचित शिक्षा र त्यसको ब्यवस्थापन गर्न समेत शिक्षासेबीहरुले इच्छा व्यक्त गर्दै आएका छन् ।
संयोजक घिमिरेले घर निर्माणमा करिव १० लाख लाग्ने भएकोले सम्पन्न गर्न अझै आर्थिक अभाव नै भएकाले इच्छुक दाताहरुलाई स्वच्छिक रुपमा सहयोग पुर्याएर घर निर्माणको अभियान अवधीभर साथ दिन अनुरोध गरिरहेका छन् ।
उमेरले वृद्ध मृतक भुँजेलको श्रीमान धनबहादुर भुँजेल गाउँमा मेलापात र मजदुरी गर्दै आएका छन् । आफ्नो नाउँमा जमिन नहुँदा स्थायी बसोबास गर्न नसकेका भुँजेल परिवार बिगत ४ वर्षयता मेचीनगर–१२ स्थित हडिया खोलाको ऐलेनी जमिनमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु