काँकरभिट्टा खानेपानीको निर्वाचन : १२ पदको लागि ३४ जनाको मनोनयन दर्ता

2024-05-26 मा प्रकाशित

मेचीनगर । आसन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेठ २६ मा हुने निर्वाचनका लागि आज उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।
काँकरभिट्टा खानेपानीको बागडोर सम्हाल्न कसिएका लोकतान्त्रीक प्रगतिशील साझा प्यानल र प्रगतिशील, समाजवादी प्यानल र स्वतन्त्र खानेपानी उपभोक्ता समूहले काँकरभिट्टा खानेपानी परिसर पुगेर निर्वाचन समितिसँग आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।मनोनय दर्ता करिव २ बजे सम्म चलेको थियो दिउँसो १ ३० बजे स्वतन्त्र खानेपानी उपभोक्ता समूहका उम्मेदवार मनोनय दर्ता गराउन खानेपानी पुगेका थिए । त्यसपछि समाजवादी प्यानल उम्मेदवारी दर्ताको लागि पुग्यो । त्यस लगत्तै लोकतान्त्रीक प्रगतिशील साझा प्यानले मनोनयन दर्ता गराएको थियो । निर्वाचन समितिका अनुसार १२ पद्कालागि ३४ जनाको उम्मेदवारी परेको छ । प्रगतिशील लोकतान्त्रीक साझा प्यानलको तर्फबाट अध्यक्ष पद्मा रोहित कुमार बुढाथोकीले मनोनयन दर्ता गराएका छन् भने समाजवादी प्यानलबाट अध्यक्षमा सन्तोष आचार्य र स्वतन्त्र खानेपानी प्यानलबाट सुदर्शन खड्काको उमेद्वारी दर्ता गराएका छन् ।
लोकतान्त्रिक प्रगतिशील प्यानलको तर्फबाट उपाध्यक्षमा राजु दाहाल, सचिवमा विशाल तामाङ, सदस्यहरुमा बिमला देवकोटा, सीता कार्की, पवित्रा तिवारी, पूर्ण योङहाङ लिम्बू, केदारजङ्ग भट्टराइ, इन्द्र प्रधानको उम्मेदवारी परेको छ भने
सो प्यानलबाट लेखा संयोजकमा किशोर भण्डारी र सदस्यमा विकास राउत उम्मेदवारी दिएका छन् ।


समाजवादी प्यानलको तर्फबाट उपाध्यक्ष पदमा गोविन्द गिरी, सचिव पदमा दिलीपजंग सुब्बाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा बिमला तामाङको उम्मेदवारी दिएकी छिन् । त्यसैगरी कार्य समितिको सदस्य पदमा तीर्थ नेपाल, परशुराम निरौला, डिल्ली काफ्ले, मीरा कार्की र इन्दिरा कार्कीले मनोनयन दर्ता गरेका छन् ।
सो प्यानलबाट लेखा समितिको संयोजक पदमा सोमराज ढकाल, सदस्यमा जसना राजबंशी र बालकुमार भुजेलले मनोनयन दर्ता गराएका छन् ।


त्यसैगरी स्वतन्त्र खानेपानी उपभोक्ता समूहको तर्फबाट उपाध्यक्ष पदमा कृष्ण सुवेदी (किरण) सचिव पदमा नरेन्द्र सिवाकोटी र कोषाध्यक्ष पदमा सुधादेवी खड्काको उम्मेदवारी परेको छ । सो प्यानलबाट सदस्य पदमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी, लक्ष्मी कटुवाल थापाले मनोनय दर्ता गराएका छन् । त्यसैगरी सो प्यानलबाट लेखा समिति संयोजकमा भेषराज ओली र सदस्यमा विनोद बानियाँले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि अध्यक्षका प्रत्यासीहरुले निर्वाचनमा आफनो प्यानलले जित्ने दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु