धुलाबारीमा एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु

2024-05-26 मा प्रकाशित

मेचीनगर, १३ जेठ । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको आयोजना तथा मेची उद्योग बाणिज्य संघको समन्वयमा आजदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु भएको छ ।

मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित तालिमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर बुढाथोकीले एक महिना लगाएर सिकेको सिपलाई व्यवहारमा बदल्न जोड दिएका थिए ।

एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिममा नगरका ३० जना सहभागी रहेका छन् । सहभागीलाई सिटीभिटीबाट लेभल २ पास गरेका प्रशिक्षक बासुदेव भण्डारीले तालिम दिइरहेका छन् ।

उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका उद्योग अधिकृत प्रेमप्रसाद सापकोटा, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई लगायते शुभकामना मन्तव्य राखेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका उद्योग अधिकृत प्रेमप्रसाद सापकोटाको अध्यक्षता, स्वागत बाणिज्य संघका महासचिव दिनेश शाक्य र सञ्चालन कार्यकारी निर्देशक गोपाल बस्नेतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु