कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

2020-09-12 मा प्रकाशित

काठमाडौं२७ भदौ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौंका ३, भक्तपुर र कास्कीका २र२ जना तथा तनहुँ, स्याङ्जा, गोरखा, रुपन्देही, पर्सा र मोरङका एकएक जनाको मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका(२४ बसन्तपुर, काठमाडौंका ५१ वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भदौ १९ गते अस्पताल भर्ना भएका उनमा त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
बौद्ध, काठमाडौंका ५४ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार मृत्यु भएको छ । भदौ १८ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो । उनी उच्च रत्तचापका विरामी थिए ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएकी काठमाडौं महानगरपालिका(१६ बालाजु, काठमाडौंकी ७६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । दम, उच्च रत्तचाप, मधुमेह र हाइपोथाइरोडिज जस्ता रोगबाट पीडित उनी १५ गते अस्पताल भर्ना भएकी थिइन् ।
मध्यपुर थिमी(५, भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । उनी दम, मधुमेह र मिर्गौलासम्बन्धी रोगका विरामी थिए । ज्वरो, श्वासप्रश्वासमा समस्या भएर १६ गते अस्पताल पुगेका उनलाई भोलिपल्ट संक्रमण पुष्टि भएको थियो ।
मध्यपुर थिमी(७ बोडे, भक्तपुरका ३८ वर्षीय पुरुषको मेघा अस्पतालमा शनिबार मृत्यु भएको छ । २५ गते कोरोना पुष्टि भएपछि उनी २६ गते अस्पताल भर्ना भएका थिए ।
शुक्रबार मृत्यु भएकी पोखरा(५, कास्कीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । क्लड क्यान्सर भएकी उनको स्वास्थ्यमा समस्या आएपछि बुधबार फिस्टेल अस्पताल लगिएको थियो र उपचारकै क्रममा मृत्यु भएको थियो ।
पुतलीबजार नगरपालिका(१, स्याङ्जाका ८५ वर्षीय पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । भदौ २४ गते कोरोना सक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
भीमसेन थापा गाउँपालिका(१, गोरखाका ४५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा शनिबार मृत्यु भएको छ । मृगौलासम्बन्धी रोगको उपचारका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २३ गते पुष्टि भएको थियो ।
ओमसतिया गाउँपालिका(५, रुपन्देहीका ४० वर्षीय पुरुषको कोरोनाम विषेश अस्पतालमा मृत्यु भएको छ । उनमा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएपछि १६ गते अस्पतालमा भर्ना भएका थिए ।
बिराटनगर महानगरपालिका(८, मोरङका ६९ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा मृत्यु भएको छ । २२ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी मधुमेह र रत्तचापसम्बन्धी दिर्घरोगबाट पीडित थिए ।
यस्तै तनहुँका ७६ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष र पर्साकी ७६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु