अस्तालको बेडबाट सञ्जयको याचना .

2024-05-28 मा प्रकाशित

मेचीनगर । सूर्याेदय नगरपालिका वडा नम्बर–१० निवासी २९ वर्षीय सञ्जय लिम्बूको आर्थिक अभावमा कलेजो प्रत्यारोपण हुन नसक्दा उनी अस्पतालको बेडमा छटपटाई रहेका छन् ।
उनलाई एक महिना अघि लिभर जन्डिस भएको थियो । शरिर पहेँलो हुँदै गएपछि उनलाई उपचारको लागि विर्तासिटि अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सकले लिभर जन्डिस भएको पुष्टि गरेपछि अन्यत्त अस्पतालमा लगेर उपचार गराउन सुझाव दिएका थिए । त्यसपछि सञ्जयलाई उपचारकोलागि भारतको हैदरावाद लगिएको थियो । त्यहाँका चिकित्सकले लिभर फर्नुपर्ने र फर्नका लागि ४० लाख रुपैयाँ भारु खर्च लाग्ने भनेपछि परिवारले विरामीलाई नेपाल पर्काएका थिए । उनलाई हाल भक्तपुर स्थित शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको छ । उनलाई आइसियुमा राखेर उपचार भइरहेको परिवारले जनाएको छ ।
परिवारका अनुसार सञ्जयको उपचार सुरु गर्न २० लाख जम्मा गर्न अस्पतालले भनेको छ । बाँकी २० लाख रुपैयाँ उपचारमा लाग्ने जनाइएको छ । तर परिवारसँग यति ठूलो रकम नभउकाले सबै सँग सहयोगको याचना गरिएको छ ।
मंगलबार प्रेस क्लव मेचीनगरको कार्यालयमा आफन्तले प्रेस मिटि गरेर उनको उपचारमा आर्थिक सहयोग गरी जीवन बचाइदिन आग्रह गरेका हुन ।
‘सञ्जयको स्वास्थ्य अवस्था गम्भीर छ’ सञ्जयको ठूलो बुबा दशरथ प्रधानले भने,’ ‘जन्डिस विग्रीएर पेटमा पानी जमेको छ । कलेजो ट्रन्सप्लान्ट गर्नूको विकल्प रहेन छ । प्रत्यारोपणको लागि ४० लाख लाग्ने रहेछ । त्यत्रो रकम कहाँबाट जुटाउने पारिवारिक अवस्था सारै कमजो छ ।’ उनले भने,‘सबै मनकारी हातहरुले आर्थिक सहयोग गरेर सञ्जयको जीवन बचाइदिनु होला ।’
मेचीनगर– ७ स्थित ठूली आमा खरीमाया बाँस्कोटाको घरमा बसेर बंकिङ क्षेत्रमा काम गर्दै आएका सञ्जयको परिवारको आर्थिक अवस्था कमजोर रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु