भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बबताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताए ।
उनले प्रदेशको आम्दानीको श्रोत दिन प्रतिदिन घट्दो रहेको छ तर हामीले बजेटमा उत्पादनलाई प्राथमिकता दिन नसक्दा जनताहरूको सङ्घीयता प्रति नै प्रश्न चिन्ह खडा भएको बताए ।
प्रदेशको आम्दानीको श्रोत भनेको पर्यटन क्षेत्र र घरेलु उत्पादन नै प्रमुख हो । उनले भने पर्यटन क्षेत्रको विकास बिना अबको आर्थिक रूपान्तरणको पाटो सबल बन्न सक्ने अवस्था देखिँदैन तर पनि बागमती प्रदेश भित्रका सम्पदाको अवस्था बेहाल छ यिनको संरक्षण र प्रर्वदन गरी आर्थिक रूपान्तरणमा भूमिका निर्वाह गर्न बागमती प्रदेशसभाको भूमिका अझै मजबुत हुनु पर्छ । प्रदेश भित्र नेपालका दश विश्व सम्पदा क्षेत्र मध्य ८ वटा यसै प्रदेशमा पर्दछ । भक्तपुरकै गौरवका पुरातात्त्विक सम्पदाहरू भक्तपुर दरबार स्क्वायर, न्यातपोल, चाँगुनारायण मन्दिर, नगरकोट, त्रिशुलडाँडा, बौद्ध धर्मको सबै भन्दा पवित्र स्थान मिलारेप्पा अर्थात् महामञ्जुश्री , नगरकोटको रत्नचुडेश्वर महादेव पोखरी, ताथलीको गढी, भक्तपुरका विभिन्न स्थानमा रहेका चट्टान अभिलेखहरू, ध्याम्पेडाँडा, धार्मिक पर्यटकीय स्थान सूर्यविनायक मन्दिर, डोलेश्वर मन्दिर, लगायत भक्तपुरका दुई दर्जन भन्दा बढी प्राकृतिक तथा पुरातात्त्विक स्थानहरूको प्रचार प्रसारका अभाव रहेको उनको भनाइ थियो ।
2024-06-01 मा प्रकाशित
प्रतिकृया दिनुहोस्