पीसीआर परीक्षण अब दुई हजारमै

2020-09-13 मा प्रकाशित

काठमाडौं,२८ भदौ । कोरोनो संक्रमण समुदायमा तीव्ररुपमा फैलिदै गएपछि सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।यसैबीच चार वटा अस्पतालमा पीसीआर जाँच गर्दा फरक फरक रिपोर्ट आएको गुनासो आएको भन्दै स्वास्थ्य मन्त्रालयले छानविन थालेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु