पशुपति बोर्डिङ स्कूलमा ‘समर क्याम्प’ सुरु

2024-06-05 मा प्रकाशित

मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आजदेखि ‘समर क्याम्प’ सञ्चालन गरेको छ ।
केही सातादेखि अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले ‘समर क्याम्प’ आयोजना गर्ने निर्णय गरेको थियो । समर क्याम्प’ शुक्रबार सम्म सञ्चालन हुने विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिइन् । ‘समर क्याम्पले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने छ,’ उनले भनिन्,‘हामी विद्यार्थीहरुलाई विभिन्न विद्यामा प्रोत्साहित गरिरहेका छौं । पढाइ लेखाइ सँगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी अब्बल छन् । हरेक प्रतिभाहरुमा विद्यार्थी अब्बल सावित भएका छन् । विद्यालयले विद्यार्थीका साथै अभिभावको विश्वास जितेको छ । विद्यालयले यस अघि दुई पटक समर क्याम्प आयोजना गरिसकेको उनको भनाइ छ ।


बुधबार पहिलो दिन विद्यार्थीहरुले स्टेज डेकोरेशन गर्नु का साथै बिभिन्न रोचक नृत्य प्रस्तुत गरेका थिए । भने भोलि बिहीबार बिभिन्न खेल प्रतियोगिता आयोजना हुने बिद्यालयका शिक्षक याम निरौलाले जानकारी दिए ।
समर क्याम्पमा कप टावर, स्लो साइकल रेश, हडल रेश, गायन नृत्य, हाइजिङ्क, , स्वीमिङ, लगायत बिभिन्न प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ । मेचीनगरमा यस विद्यालयले विगत तीन वर्षदेखि फरक शैलीमा समर क्याम्प गर्दै आएको छ । ‘

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु