बालदिवसका अवसरमा फलफूल वितरण

2020-09-14 मा प्रकाशित

काँकरभिट्टा,२९ भदौ ÷ राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय इटाभट्टाले सोमबार नगरका दुईवटा बाल आश्रमहरुमा रहेका बालबालिकाहरुलाई फलफूल वितरण गरेको छ ।

नगरप्रमुख उपप्रमुख मीना पोखरेल उप्रेतीहितको प्रतिनिधि मण्डलले नगरको ७ नम्बर वडामा रहेको समाज सेवा सुधार अपाङ्ग संघ र १० नम्बर वडामा रहेको स्वबोध साधना केन्द्रमा रहेका बालबालिकाहरुलाई फलफूलसहित खाद्य सामाग्री वितरण गरेको नगरपालिकाका महिला विकास निरीक्षक जयन्ती खरेल लम्सालले बताउनुभयो ।

यसवर्षको बालदिवसको नारा ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने रहेको थियो । बालबालिका देशका कर्णधार भएकाले उनीहरुको हकहित अधिकार रक्षाका लागि स्थानीय सरकार सधैभरि उनीहरुकै पक्षमा लाग्ने उपप्रमुख उप्रेतीले प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा स्वोबध साधन केन्द्रका अध्यक्ष बालकृष्ण थपलियाले नगरपालिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा मेचीनगर १३ नम्बर वडाका वडाध्यक्ष कृष्ण सिग्देललगायतको सहभागिता रहेको थियो ।नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो । उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ ।

बाल दिवसका दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु