काँकरभिट्टा खानेपानी संस्थाको अध्यक्षमा बुढाथोकी निर्वाचित

2024-06-10 मा प्रकाशित

मेचीनगर, । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित हुभएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका सन्तोष आचार्यलाई १८३ मतले पछि पार्दै बुढाथोकी  निर्वाचित भएको नर्विाचन समतिकिा संयोजक राजु कार्कीले जानकारी दिए । बुढाथोकीले १९९१ मत प्राप्त गर्दा आचार्यले १८०८ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी स्वतन्त्र खानेपानी उपभोक्ता अमूहका उम्मेद्वार सुदर्शन खड्काले ३४६ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्षमा एमालेका गाविन्द गिरीले २२६२ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षका माओवादी केन्द्रका उम्मेद्वार राजकुमार दाहालले १२१९ मत प्राप्त गरे भने रास्वपाका कृष्ण सुवेदीले ६३० मत प्राप्त गरे ।

सचिवमा नेपाली काँग्रेसका विशाल तामाङ विजयी भएका छन् । तामाङले १७४५ मत प्राप्त गरे भने एमालेका जसपाका दिलिपजंग सुब्बाले १६६३ मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका नरेन्द्र शिवाकोटीले ५९८ मत प्राप्त गरे ।

कोषाध्यक्षमा एमालेकी बिमला तामाङ विजयी भइन्। तामाङले २०६५ मत ल्याएर विजयी हुँदा नेकपा एकिकृत समाजवादीकी विमला देवकोटाले १४६३ मत प्राप्त गरिन् भने रास्वपाका सुधादेवी खड्काले ३९८ मत प्राप्त गरिन्।

त्यसैगरी खानेपानी संस्थाको कार्यसमिति सदस्यहरुमा महिला तर्फ एमालेकी इन्दीरा बुढाथोकी र जसपाकी मिरा कार्की विजयी एका छन् । बुढाथोकीले १६६४ र कार्कीले १५४६ मत प्राप्त गरेका छन् । त्यस्तै इकाई सदस्यतर्फ वडा नं. २, ३ र ४ बाट राप्रपाका इन्द्र प्रधानले १८८६ मत प्राप्त गरी विजयी भए । उनले प्रतिस्पर्धी एमालेका तीर्थराज नेपालले १५९० मत प्राप्त गरे ।

त्यस्तै इकाई सदस्य वडा नंं ५ र ८ बाट नेपाली काँग्रेसका केदारजंग भट्टराई १४६० मत प्राप्त गरी विजयी भएका छन् भने सोही पदमा एमालेका पर्शुराम निरौलाले १३५९ र रास्वपाका राजकुमार गिरीले ९८८ मत प्राप्त गरेका छन् । इकाई सदस्य वडा नंं ६ र ७ बाट एमालेका डिल्लीकमार काफ्ले १५८१ मत ल्याएर विजयीभएका छन् । सोही पदमा पूर्णबहादुर लिम्बुले १४१६ र दिपेश तिवारीले ८५५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लेखा समिति संयोजकमा एमालेका सोमराज ढकालले १५०८ मत प्राप्त गरी विजयी भएका छन् भने राप्रपाका किशोर शर्मा भण्डारीले १४३४ र रास्वपाका भेषराज ओलीले ८११ मत प्राप्त गर्न सफल भए । लेखा समिति सदस्यमा बालकुमार भुजेल र जोस्ना राजबंशी विजयी भएका छन् । भुजेलले १६६० र राजबंशीले १७९९ मत प्राप्त गरेका छन् । लेखा समिति सदस्यका अन्य उम्मेद्वारहरु विकास राउतले १२४८, प्रज्वल गौतमले ७५६ र रिता घिमिरेले १७२९ मत प्राप्त गरेका छन्

शनिवार सम्पन्न मतदानमा ४ हजार ९ सय १८ मत खसेको निर्वाचन समितिका संयोजक कार्कीले जानकारी दिए । काकरभिट्टा खानेपानीको निर्वाचनका लागि काँग्रेस, माओवादी, राप्रपा, नेपका एस र संघीय लोकतान्त्रीक मञ्चले संयुक्त प्यानल बनाएर उम्मेद्वार उठाएका थिए भने एमाले र जसपाले साझा उम्मेद्वारी दर्ता गरी चुनावी मैदानमा होमिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु