मेचीनगरमा करोडौंको बजेट विनियोजन

2024-06-11 मा प्रकाशित

मेचीनगर ।  मेचीनगर नगरपालिकामा नयाँ आर्थिक बर्ष २०८१/८२ का लागि संघबाट करोडौंको बजेट विनियोजन भएको छ ।

नगरप्रमुखका स्वकीय सचिव आशिष पौडेलका अनुसार १. मेची कोरिडोर कालोपत्रे निर्माण (४ वटा शिर्षकमा)- ४ करोड १० लाख, २. मेचीनगर –३ खम्बुटार जाने सडक स्तरउन्नती ५० लाख, ३. तेलिबारी – मैनालीबारी सडक वडा नं १४ (साविक दुवागडी गा.वि.स. बाट राजमार्ग जोड्ने सडक) स्तरउन्नती-५० लाख, ४. सुवर्ण मार्ग मे.न.पा ५,६, ८ हुँदै काँकरभिट्टा जोड्ने सडक स्तरउन्नति-५० लाख, ५. वडा नं १ मा निर्माणाधिन मदन भण्डारी राजमार्गको पूर्वी भाग पाटापुरमा बसपार्क निर्माण कार्य -५० लाख, ६. वडा नं १० धुलावारी सब्जी बजार- मासु बजार सटल व्यवस्थापन- १ करोड, ७. एकिकृत शहरी पुर्वधार विकास कार्य- १ करोड, ८. मेचीमार्ग- सिग्देल गाउँ- चारआली बाङगे पुल सहित मार्ग – १ करोड, ९. वडा नं १२ को भद्रकाली चोकबाट नयाँ वस्ती हुँदै काली झोडा जोड्ने सडक स्तरउन्नति-१ करोड, १०. मेचीनगर ७ सतिघट्टा वि.ओ.पी देखि पुरानो माईतिघर र वडा नं ७ वडा कार्यालय पुर्वपश्चिमराजमार्ग उत्तर लक्ष्मीनारायण मन्दिर र वडा नं ६ सुनगाबा मार्गबाट पच्चिम मोहन कटुवालको घर हुँदै कालीखोला तर्फ जाने बाटो स्तरउन्नती- ५० लाख, ११. वडा नं २ भूकुटि उत्तर हात्तीगौडा निरजंगा निन्दा खोला झोलुंगे पुल DPR तयार गर्ने, १२. वडाखाल बडागाउँ निन्दा खोलामा झोलुंगे पुल DPR तयार गर्ने, १३. शान्ति समाज सामुदायिक भवन निर्माण-२५ लाख बजेट विनियोजन भएको जानकारी दिए ।

राष्ट्रपति चुरे संरक्षण कर्यक्रम अन्तर्गत १. वडा नं ५, राईसीङ खोला दोभान, नदी तथा खोला स्थिरिकरण/व्यवस्थापन (स्पर, डाइक, बायोइन्जीनियरिंग समेत)-२४ लाख, २. वडा नं ३ हरित पेटिका निर्माण- ५ लाख, ३. वडा नं ३ नदी तथा खोला स्थिरिकरण/व्यवस्थापन (स्पर, डाइक, बायोइन्जीनियरिंग समेत), (मेची नदी, सुकेनिन्दा खोला)-२४ लाख, ४. सिंचाई तथा कुलो निर्माण तथा मर्मत वडा नं ३-
५. विरुवा उत्पादन (बाँस, अम्रिसो, अलैंची लगायत), (मेची नदी प्रणाली अन्तर्गत )- ५ लाख, ६. नर्सरी निर्माण तथा व्यवस्थापन – १० लाख, ७. बास,अम्रिसो तथा अन्य विरुवा रोपण (मेची नदी प्रणाली अन्तर्गत)-१० लाख, ८. संरक्षण पोखरी निर्माण (मेची नदी प्रणाली अन्तर्गत)-१५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै क्रमागत तर्फ १. लालापानी झोलुगे पुल क्रमागत योजना, २. निन्दा खोला झोलुगे पुल क्रमागत योजना, ३. वडा न. ११ को वडा कार्यालयबाट कालिका सिमसार सम्म हडिया खोला झोलुगेपुल क्रमागत योजना, ४. वडा नं ३ को स्याङ्लेङटारबाट तेलिवारी जोड्ने तेलपानी खोलामा झोलुगे पुल क्रमागत योजना, र ५. मेचीनगर १३ मा बांगे पुल निर्माण क्रमागत योजना – ८५ लाख रहेको छ ।

मेचीनगर नगरपालिकाको माग निवेदन प्रस्तावमा, सम्माननीय सभामुख देवराज घिमिरेको संय‍ोजनमा माननीय विश्वप्रकाश शर्मा समेतको सहयोगमा शहरी विकास लागायतका मन्त्रालयको योजनाबाट विभिन्न शिर्षकमा करोडौंको बजेट विनियोजन भएको मेची नगरप्रमुख गोपालचन्द्र बुढाथोकीक‍ो सचिवालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु