बालकल्याण माविको सम्मान कार्यक्रम, राधाबल्लभ पराजुली स्मृति अक्षयकोषबाट आइस्ना सम्मानित

2020-09-14 मा प्रकाशित

सुरेन्द्रनगर÷मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले सोमवार एक कार्यक्रम आयोजना गरेर विद्यालयकी उत्कृष्ट एक छात्रालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
विद्यालयले २०७६को एसइइ परीक्षामा सो विद्यालयबाट ३.९० जिपिए ए प्लस ल्याउन सफल आइस्ना खत्रीलाई राधाबल्लभ पराजुली स्मृति अक्षयकोष द्घारा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जनाकारी दिनुभयो । सम्मानित छात्रालाई नगद ५ हजार सहित खादा र अविर लगाएर सम्मान गरिएको थियो । उनलाई अक्षयकोषकी संरक्षक लेखमायाँ पराजुली, पिटिए अध्यक्ष सुभाष लिम्बु, विव्यस अध्यक्ष कनकबहादुर कार्कीले संयूक्त रुपमा नगद प्रदान गर्नु भएको थियो ।

मेचीनगर ५ स्थाइ घरभई हाल अस्ट्रेलियामा बस्दै आउनु भएका डिल्लीराम पाजुलीले आफ्ना स्व बुवाको स्मृतिमा २०७३ सालमा ५०हजारको अक्षयकोष स्थापना गरिदिएको विद्यालयले जनाएको छ । सो अक्षयकोषबाट विद्यालयले हरेक बर्ष एसइइ परीक्षमा उत्कृट अंकल्याउने एक जना विद्यार्थिलाई सम्मान गर्दै आएको शिक्षक सन्तलाल माझीले जानकारी दिनु भयो ।

विव्यस अध्यक्ष कनकबहादु्र कार्कीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष कार्कीले यस किसिमको सम्मान कार्यक्रमले बिद्यार्थि लाई अध्ययन प्रति थप सफलता मिल्ने बताउदै आइस्नाको उज्वल भविश्यको कामना गर्नु भएको थियो । पिटीए अध्यक्ष सुभाष लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले गर्नु भएको थियो । विद्यायलयले हरेक बर्ष बृहत सम्मान कार्यक्रम आयोजना गर्दै आएको भएपनि यसबर्ष कोरोनाको त्रासका कारण सामाजिक दूरी कायम राख्दै सामान्य कार्यक्रम गरेर सम्मान गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु