रिर्टनी स्वरोजगार केन्द्रले रक्तदान कार्यक्रम गर्ने

2024-06-12 मा प्रकाशित

मेचीनगर । बढ्दो बेरोजगारी र बिदेशबाट फर्केका युवालाई लक्षित गर्दै रिर्टनी स्वरोजगार केन्द्रले कोसी प्रदेशका १३७ वटा पालिकामा उद्यम कार्यक्रम अघि सारेको छ ।

संस्थाको प्रक्रिया पूरापछि बुधबार प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकारसँगको अन्तरकृयामा केन्द्रका झापाका अध्यक्ष दिनेश कार्कीले १ पालिका, १ उद्यम १५ जना रोजगार अन्तरगत कार्यक्रम अघि सारेको बताए ।
उक्त कार्यक्रम नेपाल सरकार सहयोगमा स्थानीय तहको आवश्यकता, दक्ष जनशक्तिको उत्पादन, पुर्वाधारको पहिचान गरेर ससाना उद्योग स्थापनापछि रोजगारी प्रदान गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष कार्कीको भनाई थियो ।

उद्यम कार्यक्रम अनुसार कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिइने केन्द्रको योजना रहेको छ । ठुलठुला उद्योग भन्दा ससाना उद्योग स्थापना गर्ने केन्द्रको योजना रहेको छ । ससाना उद्योगमा समाजका सबै वर्ग र तहको सहभागिता रहने भएकाले त्यसका लागि आवश्यक पर्ने जनशक्ति त्यस क्षेत्रमै उत्पादन गरिने जनाएको छ ।
रिर्टनी स्वरोजगार केन्द्रले बिदेशिक रोजगारपछि स्वदेश फर्किएका र सम्बन्धित परिवारलाई पनि उक्त कार्यक्रममा समेट्ने अध्यक्ष कार्कीको भनाई थियो । रिर्ट्नी स्वरोजगार केन्द्र गैर नाफामुलक संस्था हो । केन्द्रले सम्बन्धित क्षेत्रमा प्रशिक्षणको माध्यमबाट दक्ष बनाएपछि उनीहरुलाई उद्यम मालिक बनाउन प्रेरित गर्ने बिधानमै उल्लेख गरेको जानकारी दिए ।

रिर्टनी स्वरोजगार केन्द्रका सल्लाहकार दधिराम रिमालले बढ्दो बेरोजगारी समस्यालाई ब्यक्ती आफै दक्ष र स्वबलम्बी बनाउन प्रेरित गरेको बताए । केन्द्रले आगामी शुक्रबार बिश्व रक्तदान दिवसका दिन झापाको काँकरभिट्टामा बृहत्त रक्तदान कार्यक्रम गरी वार्षिक कार्यक्रमको सुरु गरिएको त्यस अवसर जानकारी गराएको थियो ।

दिनेश कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार अन्तरकृयामा उपाध्यक्ष शेखर थापा, सचिब प्रबिण बानियाँ, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको आतिथ्यता रहेको थियो । केन्द्रको कोषाध्यक्ष सरस्वती चम्लागाईँले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु