काँकरभिट्टा खानेपानीको नवनिर्वाचित समितिको पदहस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

2024-06-17 मा प्रकाशित

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको नवनिर्वाचित समितिको सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् कोसी प्रदेशका खानेपानी सिचाईँ तथा उर्जामन्त्री एकराज कार्कीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले सबै नागरिकको घरघरमा स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउन लागेको बताए ।

आम नागरिकको मैलिक हक अधिकारका लागि खानेपानी ऎन बनाउन लागिएको हो । मन्त्री कार्कीले भने, यो आर्थिक बर्षमै उक्त योजना अघि सारिएको छ । खानेपानी ऎनमा स्थानीयले त्यसको संरक्षण गर्ने नीति ल्याएको छ । उनले भ्रष्टाचारमा शून्य सहभागीताका लागि एकसय बराबर १० घरलाई निःशुल्क धारा जडान योजना लागु गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजकले सपथ खुवाउँदै प्रमाणपत्र बितरण गरेका थिए भने प्रमुख अतिथिले अबिर फुलमाला लगाएर बधाई दिएका थिए ।

प्रदेस सदस्य गोपाल तामाङ, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, नवनिर्वाचित अध्यक्ष रोहित बुढाथोकी, उपबिजेता सन्तोष आचार्य, सुदर्शन खड्का, निवर्तमान अध्यक्ष राजकुमार पराजुली सम्बोधन गरेका थिए ।

निर्वाचन समितिका संयोजक अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु