नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

2020-04-22 मा प्रकाशित

काठमाडौं, १० बैशाख । नेपालमा आज थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डां विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।
तथ्यांकमा कोरोना ( नेपाल
संक्रमित ४५
निको भएको७
मृत्यु०
अपडेटः २०७७ वैशाख १० । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना (११ भारतीय र एक नेपाली० मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो ।

संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। देवकोटाले बताए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु