मेचीनगरबाट एसईईमा यी आठ निजी विद्यालयले निकाले शत प्रतिशत नतिजा

2024-06-30 मा प्रकाशित

मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरका ८ वटा निजी विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन । मेचीनगरका ३८ वटा निजी विद्यालयबाट एसईई परीक्षमा विद्यार्थी मध्ये ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताउनु भयो । भण्डारीले दिनु भएको जानकारी अनुसार दुर्गा आवासिय मावि मेचीनगर १२ का १९ जनामा सबैले उर्तिर्ण गरेका छन भने मेचीनगर थेसिस अँग्रेजी विद्यालय मेचीनगर ३ का १८ जनामा १८ जना नै पास भएका छन । त्यस्तै सनसाईन अँग्रेजी मावि मेचीनगर ८ का ८ जनाले परीक्षा दिएकोमा सबै उर्तिण भएका छन ।

त्यसैगरी वालवाटिका अँग्रेजी माविका ८ जनामा ८ जनाले नै उर्तिण गरेका छन भने आदर्श विद्या मन्दीर मेचीनगर ९ का ७ जना परीक्षामा सामेल भएकोमा सबैले उर्तिण गरेका छन । त्यस्तै हिमालयन अँग्रेजी मावि मेचीनगर ९ बाट ५ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै उर्तिण भएका छन भने सनसाईन अँग्रेजी मावि मेचीनगर २ का ५ जना बिद्यार्थीमा सबैले उर्तिण गरेका छन । मेचीनगर १४ को मिनिल्याण्ड अँग्रेजी माविबाट एक जना विद्यार्थी सहभागि भएर उर्तिण भएको मेचीनगर शिक्षा शाखा प्रमुख भण्डारीले जनाकारी दिनुभयो ।

एसईई परीक्षामा मेचीनगरबाट सामुदायिक तर्फबाट १०५८ जना र निजी विद्यालयबाट ९३६ जना गरी जम्मा १९९४ सहभागि भएका मध्ये सामुदायिक तर्फबाट ३२२ जना निजीबाट ७२३ जना गरी जम्मा १०४५ जना उत्तीर्ण भएको नगर शिक्षा शाखाले जानकारी दिएको छ । मेचीनगरबाट सामुदायिक विद्यालयबाट करीब ३०।३४ प्रतिशत तथा संस्थागत विद्यालयबाट करीब ७७।२४ प्रतिशत उत्तीर्ण भएका छन ।

यो बर्षको एसईई परीक्षामा समग्रमा मेचीनगरमा ५२.४० प्रतिशत उर्तिण भएको शिक्षा प्रमुख भण्डारीले बताउनु भयो । असार १३ गते प्रकासित भएको एसईई परीक्षा २०८० को नजितामा नेपाल भरमा ४७.८६ प्रतिशत तथा झापामा ४७।३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु