रोटरी क्लब अफ मेचीनगरको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न 

2024-07-05 मा प्रकाशित

धुलाबारी । रोटरी क्लब अफ मेचीनगरको चौथो पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
धुलाबारी स्थित होटल रोयल निर्भानमा आयोजित कार्यक्रमको उद्घाटन रोटरीका डिष्ट्रीक गर्भनर राजेन्द्रमान शेरचनले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डिष्ट्रीटक गर्भनर शेरचनले प्लाष्टिकको प्रयोगको न्यूनिकरण, शिक्षा र स्वास्थ्य रोटरीको पहिलो प्राथमिकता रहेको भन्दैं शिक्षाका क्षेत्रमा काम गर्दा छात्रालाई प्राथमिकतामा राख्न जरुरी रहेको बताए । विद्यालयहरुमा व्यवस्थित शौचालय नहुँदा आज थुप्रै किशोरीहरुले विद्यालय छाडेने परिस्थिति सिर्जना हुँदै गएकोले रोटरीेले विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्न अभियानकै रुपमा कार्यक्रम अघिबढाएको उनको भनाई थियो । उनले वातावरण संरक्षण र प्लास्टिकको प्रयोगलाई न्यूनिकरण गर्न आग्रह समेत गरे ।
प्रमुख अतिथि शेरचनले सन् २०२४÷२०२५ का अध्यक्ष कमल कोइरालालार्ई क्लबको चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यवल र गन प्रदान गरी विधिवत रूपमा पद हस्तान्तरण गरेका थिए । त्यस लगत्तै प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर शेरचनले नवनिर्वाचित अध्यक्ष कोइरालालाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराए ।
सपथग्रहण पश्चात सन् २०२४÷२०२५ का अध्यक्ष कोइरालाले मिटिङ कल गरी आफ्नो टिमको परिचय गराउँदैँ भावी योजना प्रस्तुत गरेका थिए । अध्यक्ष कोइरालाले आफ्नो कार्यकालका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदैं क्लबका सदस्यहरूलाई रोटरी पिन प्रदान गरेका थिए ।


कार्यक्रममा डिष्ट्रीक कोडिनेटर पीडीजी सञ्जय गिरी, डिष्ट्रीक लर्निङ् फेसीलेटर पीडीजी जितेन्द्रबहादुर राजभण्डारी, असिस्टेन्ट रिजनल कोडिनेटर पीडीजी सन्तोशप्रसाद रिजाल, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, प्लान लिड टिआरफ रिजनल कोअर्डिनेटर बासुदेव, जोन ४२ का असिस्टेन गर्भनर सुजन प्रधान लगायतले बोलेका थिए ।
उनीहरुले रोटरीले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको प्रंशसा गदैं रोटरीले स्वास्थ्य, शिक्षा, वातावरणलगायत सामाजिक क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
क्लबको निवर्तमान अध्यक्ष सविता भेटवाल, प्रेसिडेन्ट इलेक्टमा शर्मिला पाठक, प्रेसिडेन्ट नोमिनीमा दिनेश शाक्य, चयन गरिएको छ । प्रथम उपाध्यक्षमा कृष्णि काफ्ले, द्वितिय उपाध्यक्षमा भूमि पौडेल, सचिव आयुुसमान निरौला, सहसचिवमा दृष्य प्रधान, कोषाध्यक्षमा धर्मेन्द्र खड्का, सह कोषाध्यक्ष निखिल बंशल, क्लव एड्मिष्ट्रेशन चेयरमा उषा श्रेष्ठ, मेम्बर सीप चेयरमा आनन्द खड्का, पब्लिक इमेज चेयरमा धृवकुमार ओली, सर्भिस प्रोजेक्ट चेयरमा नयन बराल, टिआरएफ रोटरी फाउण्डेशन चेयरमा निरज श्रेष्ठ, सर्जेन्ट एन्ड आम्समा गीता पौडेल, टिच कोअर्डिनेटर थिङ्कु नेम्बाड, यूथ सर्भिस डाइरेक्टर÷रोट्ट्रयाक कोअर्डिनेटर अनन्त प्रकाश वस्ती, कमिनिटी सर्भिस चेयरमा राम अधिकारी रहेका छन् । सो अवसरमा चरा अभियान्ता देवेन्द्र खरेललाई सम्मान गरिएको थियो । क्लवका प्रेसिडेन्ट इलेक्ट शर्मिला पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव आयुसमान निरौलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु