मेचीनगर –५ मा ४५० घन लिटर क्षमताको ओभरहेड टेंकी निर्माण हुने, सांसद शर्माले गरे शिलान्यास

2024-07-10 मा प्रकाशित

मेचीनगर । मेचीनगर –५ स्थित सिर्जनाचोकमा ४५० घन लि. क्षमताको ओभरहेड टेंकी निर्माण हुने भएको छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बिहीबार एक कार्यक्रमकाबीच ओभर हेड टंकीको शिलान्यास गरेको हो । काँकरभिट्टा सहलगानी अन्तरर्गत निर्माण हुने उक्त ओभर हेड टेंकीको शिलान्यास संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले मेचीनगरको दिगो विकासकोलागि यहाँका सबै राजनीतिक दल, स्थानीय सरकार, संघीय र प्रदेश सांसदहरु एक मत भएर अघि बढ्ने गरेका बताए । उनले मेचीनगरको दीगो विकासका लागि दीर्घकालिन योजनाको खाका तयार गरेर अधि बढ्नु पर्ने धारणा समेत राखे ।
मेचीनगरका बिभिन्न सडक स्तर उन्नती र कालोपत्रे सडक निर्माणको लागि बजेट बिनियोजन गरिएको उनको भनाई थियो । शर्माले खानेपानीको ओभरहेड टेंकी निर्माणको लागि ५ करोड बजेट रकमान्तर भएर आएको भन्दै ढुक्क भएर काम गर्न निर्माण ब्यवसायी र समितिलाई आश्वस्त पारेका थिए ।
समसामयिक राजनीतिक परिवेशको विषय कोट्याउँदै प्रमुख अतिथि शर्माले लोकतन्त्रको दीगोविकास, राजनीतिक दलहरुप्रति जनताको बढ्दैगएको निराशालाई चिर्न केपी शर्मा ओलीको नितृत्वमा नयाँ सरकार गठनको प्रक्रियामा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति भएकोले अव नेपालमा राजनीति अस्थिरताको अन्त्य हुने दावी गरे ।
कार्यक्रममा संविधान सभा सदस्य एवम् मेचीनगरपालिकाका संस्थापक मेयर रविन कोइरालाले मेचीनगरको दीगो विकासकोलागि आफ्नो कार्यकालमा गुरु योजना बनाएको भएपनि त्यो कार्यान्वयन नभएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।


२०७२ सालमा जारी भएको संविधान प्रयोगका क्रममा देखिएका केही जटिलता, उल्झनहरुलाई समाधान गर्न संविधान संसोधन गर्नुको विकलप नभएकोले आज राष्ट्रिय सहमतिको सरकारको आवश्यक भएको उनले बताए ।
संविधान संसोधनकोलागि दुई तिहाइ बहुमत संसदमा चाहिने भएकोले राष्ट्रिय सहमति आवश्यक पर्ने उनको भनाई थियो ।
संविधान संसोधनको एजेण्डामा ७५३ वटा पालिकालाई पूनःगठित गर्ने कुरा चलेको बताउँदै उनले मेचीनगरको विकासको खाका कोर्दा त्यस कुरालाई समेत ध्यान दिनु पर्ने बताए । उनले भने,‘ झापामा ७, ८ वटा मात्र पालिका हुने सम्भावना छ । त्यसको खाका कोरिएपछि मात्रै मेचीनगरको दीगो विकासको गुरु योजना बन्न सक्छ ।’ उनले संरचनाको खाका कोरिएपछि मात्र योजना बनाउन उपयुक्त हुने सुझाव दिए ।
काँकरभिट्टा नाका खुलाउन सरकारको नेतृत्व तहबाट पहल नभएको भन्दै उनले यसलाई कुटनीतिक पहलबाट समाधान खोज्न सरकारले गम्भीर भएर लाग्नु पर्ने बताए । काँकरभिट्टा नाका भारतको आँखामा किन कसिंगर बनिरहेको छ भनि प्रश्न समेत गरेका थिए । काँकरभिट्टा नाकालाई पहिलेको जस्तै सलल बनाउन नेपाल र भारतका प्रधानमन्त्री बीच उच्च स्तरिय वार्ता गर्नु पर्ने उनको भनाई थियो ।
काँकरभिट्टाको विकासलाई खोसेर भद्रपुर लान खोजिएको भन्द्रै कोइरालाले त्यस कार्यक्रको त्यसको विरोध जनाए ।
मेचीनगरनगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरको दीगो विकासकोलागि गुरु योजना बनाउने काम अघि बढाएको बताए । उनले भने,‘हालसम्म त गुरु योजना बनेको छैन । तर अव हामी खाका कोर्ने तयारीमा छौं ।’


मेचीनगरमा रहेका तीनवटै ठूला खानेपानी योजनालाई एकीकृत गर्ने नगरको योजना रहेको र कानून बनाएर प्रक्रिया थाल्ने उनले बताए । बृहत खानेपानी निर्माण पछि मेचीनगरका सम्पूर्ण नगरवासीलाई शुद्ध खानेपानी पुर्याउन सकिने उनको भनाई थियो ।
मेचीनगरको उत्तरी खण्ड, बाहुनडाँगीका केही भाग, धाइजन र ज्यामिरगढी क्षेत्रमा पानी पुरर्याउन संघीय र प्रदेश सरकारको सहयोग लिएर अघि बढ्ने उनले बताए ।


सो अवसरमा नेपाली काँग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डेले नगरको विकासकोलागि दीर्घकालिन गुरु योजना नबनेसम्म विकास प्रभावकारी नहुने बताए । विकासकोलागि आज बजेट नहोला तर विकासको रेखाङ्गंकन कसतो छ भन्ने कुराले ठूलो महत्व राख्ने उनले बताए । आज बनाएका संरचना १० बर्ष पछि काम नलाग्न सक्छ, पाण्डेले भने, ‘त्यसैले दीगो विकासका निम्ति दीर्घकालिन गुरु योजना आवश्यक छ ।’ काँकरभिट्टा हुँदै अघिबढेको रेल्वे कनेक्टीभिटीे योजनालाई प्रभावित पारेर बिहारबाट भद्रपुर जोड्न खोजिएको भन्दै्र उनले त्यसको चर्काे आलोचना समेत गरे । उनले त्यस किसिमको हर्कतलाई रोक्न सांसद शर्माको धयानाकर्षण समेत गराए ।
सो अवसरमा मेचीनगरपालिकाकी उपमेयर मिना पोख्रेल उप्रेती, नेपाली कांग्रेस क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया लगायतले बोलेका थिए ।
खानेपानी कार्यालयका प्रमुख दीपक पोखरेलले १० करोड ४८ लाखको लागतमा ३० महिनामा सम्पन्न हुने गरि ग्लोवल वितेश जेभिलाई ठेक्का सम्झौता भएको बताए ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहित बुढाथोकीको सभापतित्व रहेको कार्यक्रममा उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेका थिए भने सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु