मेचीनगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

2024-07-12 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले सार्वजनिका सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले संरक्षण र प्रवर्द्धन गर्ने बिषयवस्तुमा नगरपालिका चुकेकाले सुधार गरेर अघि बड्न सुझाव दिएका थिए । सहभागीहरुले खेलकुद, ब्यवसाय, शिक्षा, स्वास्थ्य, कला तथा संस्कृति, कृषि लगायत विकास निर्माणमा नगर र नागरिकको हितमा लागि परेर समयमै कार्यसम्पादन गर्न सुझाव दिएका थिए । सुशासन, सेवा प्रवाह, नगर अस्पताल, खोला उत्खनन, शिक्षा, सामाजिक सुरक्षा, बजेट वितरण, बिकास निर्माण लगायतका विषयमा सवाल गरेका थिए ।

क्रिक्रेट खेलका पूर्वराष्ट्रिय खेलाडी लाक्पा लामाले जीवनभर देशको सेवा गरेर अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रशिक्षकको भुमिका खेल्ने बताउँदै नगरपालिकाले आवश्यक समन्वय गर्न अनुरोध गरे ।

अर्का खेलाडी राजु महर्जनले पनि नगरपालिकालाई खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकासँग के(कस्ता योजना छन् भनेर प्रश्न गरेका थिए ।

नगरप्रमुख बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले नगरबासीबाट सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।

काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले सहजिकरण गरेको उक्त कार्यक्रममा लगभग डेढ सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नगरपालिकाको गतिविधिका बारेमा प्रकाश पार्दै आगामी दिनमा गरिने प्रशासनिक एवम् वित्तीय व्यवस्थापनका सुधारहरुको चर्चा गरेका थिए । नगरपालिकाकी उपप्रमुख उप्रेतीले नगरपालिकाका तर्फबाट सार्वजनिक सुनुवाइमा उठेका प्रश्न र सुधार गर्नुपर्ने कार्यसम्पादनप्रति प्रतिवद्धता ब्यक्त गरेकी थिइन् ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले क्रिक्रेट खेलाडी लाक्पा लामाले भावुक बनेर सोध्नु भएका प्रश्नहरुले आफुलाई पनि गम्भीर बनाएको बताए ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमिया, वर्तमान उपाध्यक्ष भूमि पौडेल, चरा खोजकर्ता देबेन्द्र खरेल, सरस्वती सिटौला, कृष्ण खरेल, गोपाल बस्नेत, समिर थापा, घनश्याम लामिछाने, इन्द्रबहादुर बस्नेत, रामबहादुर श्रेष्ठ, केशव गौतम, खगेन्द्र भण्डारी, मञ्जिल देवान, दुर्गादेवी भट्टराई, मायामितु न्यौपाने, देबु बानियाँ, सन्दिप पोखरेल, प्रविण अधिकारी, खगेन्द्र घिमिरे लगायत २३ जनाले नगरपालिकाले सबै क्षेत्रको विकास संरक्षण र प्रवर्द्धनका बिषयमा सवाल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु