डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा सम्मानित

2024-07-22 मा प्रकाशित

बिर्तामोड । डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका दुई जना पत्रकार पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा पुरस्कृत भएका हुन् ।

सेन्टरले बिर्तामोडमा आज जनपक्षिय पत्रकार देवकुमार आचार्य अर्थात डी.कौडिन्यको २१ औं स्मृति दिवसको अवसर पारेर पत्रकारद्धय रेग्मी र लामालाई नगदसहित सम्मान तथा पुरस्कृत गरेको हो । उक्त पुरस्कारको राशी जनही २१÷२१ हजार रुपैयाँ रहेको छ ।

प्रत्येक बर्ष एक जना पत्रकारलाई बितरण गरिदै आएको उक्त पुरस्कारको राशी आगामी बर्षदेखि एक जना नै पत्रकार पुरस्कृत भएपनि ४२ हजार रुपैयाँ पुर्याइएको छ । ५ हजार १०० रुपैयाँबाट स्थापना भएको उक्त पुरस्कारको राशी बृद्धि गरेर ४२ हजार रुपैयाँ भएको हो ।

पुरस्कृत पत्रकारद्धय रेग्मी र लामालाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, कोशी प्रदेशका संसदीय दलका नेता तथा कार्यक्रमका प्रमुख अतिथि इन्द्र आङ्वो (मौसम) ले बितरण गरेका थिए ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष होमप्रकाश अधिकारीले गरेका थिए भने सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए । कार्यक्रममा डी.कौडिन्यका बिषयमा सेन्टरका केन्द्रिय सचिव बिमल लामिछानेले प्रस्ट पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मौसम, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष विवेक गौतम, नेकपा बिप्लप पार्टीका ब्यूरो इन्चार्ज सुमनसिंह सी पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व सम्मानीत ब्यक्तित्वको तर्फबाट अग्रज पत्रकार लीला बराल, डी. कौडिन्यकी धर्ममत्नी यमुना आचार्य, छोरी तृप्ति आचार्य, प्रेस युनियनका तर्फबाट राजेन्द्र गौतम, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदीप परियार, समाजबादी प्रेस संगठनका झापा अध्यक्ष शम्भूजीत दाहाल, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, फोनिज झापा अध्यक्ष भुमिका फियाक लिम्बुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमकाबिच डी. कौडिन्यको नाममा अक्षयको स्थापना गरिने समेत अध्यक्ष राजु पाठकलले जानकारी दिए । जनपक्षिय पत्रकार आचार्यको २०५९ साउन ७ गते चारआली ग्यारेकमा सेनाद्धारा हत्या गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु